Logo

२०८३, आश्विन १८गते


images
images

रुपन्देहीमा गोली चलाएर बालिका अपहरणका आरोपी पक्राउ

रुपन्देहीमा गोली चलाएर बालिका अपहरणका आरोपी पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • रुपन्देहीमा गोली चलाएर बालिका अपहरणका आरोपी पक्राउ
    images
    images

    रुपन्देही । तिलोत्तमा नगरपालिका-१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् । बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा-१० स्थित चक्रहवा जंगलबाट उनलाई सकुशल फेला पारेको हो ।

    images
    images
    images

    बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तिलोत्तमा-१० शान्तिनगरका करिब २७ वर्षीय युवराज थारुलाई खोजी गरिरहेको थियो । उनलाई असोज १८ गते राति तिलोत्तमा-१७ दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडामुनि गोली प्रहार गरेको जनाएको छ ।

    images
    images
    images

    गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । प्रहरीले बालिका सकुशल उद्धार भइसकेको जनाएको छ । घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय, बुटवलबाट भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।