Logo

२०८३, श्रावण २७गते


images
images

निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै माओवादी केन्द्रका प्रदेश अध्यक्षद्वारा राजिनामा

निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै माओवादी केन्द्रका प्रदेश अध्यक्षद्वारा राजिनामा

images
  • निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै माओवादी केन्द्रका प्रदेश अध्यक्षद्वारा राजिनामा
    images
    images

    बुटवल । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजिनामा दिएका छन्। निर्वाचनमा पार्टीको पराजयको तीन कारण सहित पराजयको नैतिक जिम्मेवारी लिंदै अध्यक्ष बरालले पदबाट राजनिमा दिएको दिएको जनाएका छन् ।
    शनिबार प्रेस वक्तव्य जारी गर्दै बरालले पराजयका तीक कारण औंल्याएका छन् । जसमा टिकट वितरणमा ध्यान दिन नसकिएको लगायतका छन् ।

    लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री समेत रहेका बराल गुल्मीको निर्वाचन क्षेत्र १(१) मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।


    यस्तो छ प्रेस वक्तव्यको पुर्णपाठ:

    प्रतिनिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ भर्खरै सम्पन्न भएको छ । यस निर्वाचनमा सहभागीका लागि प्रदेशवासी मतदातालाई धन्यवाद ज्ञापन गर्दछु ।
    प्रदेशमा गठवन्धनको तर्फबाट विविध कमि कमजोरीका वावजुद  सामान्यतः सफलता प्राप्त गरेको छ । त्यसका लागि गठवन्धनका नेता कार्यकर्ताहरु सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।

    विभिन्न समस्याका वावजुद विजयी हाम्रो पार्टीका प्रतिनिधि सभा र प्रदेश सभाका विजयी उम्मेदवारहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
    हाम्रो पार्टीका लाखौं मतदाताहरुको इच्छा र प्रयत्नका वावजुद हाम्रो प्रदेशमा मुल रुपमा  निम्न समस्याहरु रहे ।

    १.  मुलतः  प्रदेश सभा समानुपातिक  तर्फको  उम्मेदवार सुचि तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न सकिएन ।
    २. प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फका सीट वांडफाड र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस वमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न सकिएन ।
    ३. उम्मेद्वार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्वोधन गर्न सकिएन ।

    यी उल्लेखित  कारण सहित विविध कारणले यस प्रदेशमा पार्टीको विगत परिणामलाई कायम राख्न समेत सकिएन र म स्वयंम उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन सकिएन । अतः प्रदेश अध्यक्षको हैषियतले उक्त सबै परिणामको नैतिक जिम्मेवारी लिई आजैका मितिबाट अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।

    अध्यक्ष पदमा नरहेर पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुन सुकै जिम्मेवारी पूरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गर्दछु ।

    क्रान्तिकारी अभिवादन सहित ।
    १० मंसिर २०७९ ।
    सुदर्शन वराल

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।