Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा महान कार्य

धुर्कोट गाउँपालिकालाई एक लाख ३९ हजार रुपैँया  बराबरको  स्वास्थ्य सामग्री प्रदान

धुर्कोट गाउँपालिकालाई एक लाख ३९ हजार रुपैँया  बराबरको  स्वास्थ्य सामग्री प्रदान

images
  • धुर्कोट गाउँपालिकालाई एक लाख ३९ हजार रुपैँया  बराबरको  स्वास्थ्य सामग्री प्रदान
    images
    images

    गुल्मी ।  धुर्कोट गाउँपालिकालाई एक लाख उन्चालिस हजार रुपैँया  बराबरको  स्वास्थ्य सामग्री प्रदान गरिएको छ । धुर्कोट युवा सन्जालले सन्चालन गरेको धुर्कोट कोभिड व्यवस्थापन आर्थिक अभियानले १५० थान एन्टिजिन किट र १५ थान पिपिइ हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    धुर्कोट गाउपालिका भित्र तिब्र गतिमा बढिरहेको कोरोना भाइरस नियन्त्रणको लागि धुर्कोट गाउपालिकाले गरिरहेको कार्यहरुलाइ सहयोग अभियान चलाईएको थियो । परिक्षणको दायरालाइ फराकिलो बनाउन, आवश्यक स्वास्थ्य सामग्री जुटाउन र अक्सिजन अभाव लाई न्यूनीकरण गर्नको लागि धुर्कोटमा जन्मिएर देश बिदेशमा रहनुभएका युबाहरु, ब्यापारि, कर्मचारी र केही जनप्रतिनिधिले समेत उक्त अभियान मा सहयोग गर्नुभएको थियो । 

    images
    images
    images

    उक्त हस्तान्तरण कार्यक्रममा गाउँपालिका प्रमुख भुपाल पोखरेल, उप प्रमुख शिव ब खत्री, प्रमुख प्रशासकिय अधिकृत काशीराम पन्थी गाउपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम खनाल र अभियान को तर्फबाट पुष्कर खड्का ,कृष्ण के सि, राजन पोखरेल र नारायण जिसि को सहभागीता रहेको थियो।

    images
    images
    images

     स्थानीय सरकारलाई सहयोग गर्नु आफुहरुको दायित्व भएकोले सामाजिक सन्जालको प्रयोग गरि आर्थिक अभियान सन्चालन गरेको र हालसम्म देश बिदेश मा रहनुभएका ५० जना भन्दा बढी  धुर्कोट निवासी ब्यक्तिहरुले   करिब एक लाख असी हजार जति सहयोग गर्नुभएको अभियानका अभियान्ता कृष्ण  केसिले बताउनुभयो ।

    सहयोग गर्ने चाहनुहुनेले सन राइज बैक को  Krishna Bahadur KC/Rajan Pokharel को नाममा रहेको खाता नं. 0910486398701001 रकम जम्मा गर्न सकिने अभियान्ता पुष्कर खड्का ले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।