गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका ३ कुडडाँडामा जीप दुर्घटना भएको छ । रिडिदेखि लुम्पेकको लागि हिडेको लु २ च ५३४० नम्बरको जीप कुडाडाडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि गाडी धनी झलक मान सुमै सहित ४ जनाको घटनास्थल मै मृत्यु भएको जनाइएको छ । भने सुमैको ३ परिवार सहित ५ जना घाइते भएका छन ।
करिब १:३० बजे राती भएको दुर्घटना निद्राका कारण भएको हुन सक्ने अनुमान गरिएको छ ।
घाइतेहरुलाई उपचारको लागि पाल्पा पठाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology