लोक प्रसाद छन्त्याल, गुल्मी । गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन ।
मुसिकोट ४ दजाकोटबाट सदरमुकाम तम्घास जादै गरेको लु २ च ३५१९ नम्बरको जिप दुर्घटना भएको हो ।
जिपमा सवार मुसिकोट ४ दजाकोटका दिपक पेमि, रेम कुमारी दर्लामी, कमला राकेशकोटी, सलिना पुन र श्रृजना सुनारी मगर घाइते भएका छन् । उनिहरुको सदरमुकाम तम्घासमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको अबस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology