अनिष पन्थी,गुल्मी । गुल्मीको क्षेत्र नम्बर १ को मतगणनामा ढिलाइ हुने भएको छ । सोही क्षेत्रको कालीगण्डकी गाउँपालिका वार्ड नम्बर २ अर्बेनीमा पर्ने भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएसङ्गै क्षेत्र नम्बर एकको मतगणनामा ढिलाइ हुने भएको हो।
मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।
त्यस मतदान केन्द्रमा पुनः मतदान हुने भएको हो निर्वाचन कहिले गर्ने भन्ने बिषयमा छलफल चलिरहेको बताइएको छ ।यस्तै गुल्मीको मालिका गाउँपालिका ५ छापाहिले माविको मतदान केन्द्रमा पनि बिहान केहिबेर मतदान स्थगित भएको थियो प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र अघिपछि भएको भन्दै विरोध भएपछि मतदान स्थगित भएको हो मतपत्रको विषयलाई लिएर सत्ता गठबन्धनले नै विरोध गरेको थियो ।
एता निर्वाचन आयोगले स्थगित भएको ठाउमा दुई दिन भित्र निर्वाचन गर्न आग्रह गरेको छ।
गुल्मी १ को मतगणना जिल्ला समन्वय समितीमा र गुल्मी २ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा हुने भएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology