काठमाडौं मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानमा सवार यात्रुलाई अब जसको सट्टा दही दिइने भएको छ ।
निगमको विमानमा यात्रुलाई दिइने जुसमा नेपाली उत्पादनको प्रयोग र नेपाली दुग्ध पदार्थको बजार बढाउन पनि अब ने नियमित उडानपछि जसको सट्टा दही वा आइसक्रिम दिइने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए।
हाल निगमले करोडौं रुपैयाँको विदेशी दुग्धजन्य पदार्थहरू खरिद गर्ने गरेको जानकारी गराउदै उनले अब विदेशीलाई निरुत्साह गर्न नेपाली उत्पादनको प्रात्साहनलाई । नै बढाउन कृषिमन्त्री पद्मा अर्याल र दुग्ध विकास संस्थानका पदाधिकारी सँगको छलफलबाट अब उपलब्ध भएसम्म नेपाली उत्पादन नै प्रयोग गर्ने निर्णय भएको बताए ।
यस्तो निर्णयपछि वायुसेवा निगमको कार्यालय प्रयोजनमा तथा विमानमा प्रयोग हुने दुग्धजन्य पदार्थमा डीडीसीकै उत्पादन प्रयोग हुने भएको छ आफ्नै उत्पादनको प्रवर्द्धन हुने, स्वदेशीको बजार बढ्ने र नेपाली उत्पादनलाई बढावा दिन सकिने भएकाले यस्तो निर्णयबाट अब दही, चिज, पनिर, बटरसहितको प्रयोग बढ्ने निगमको अपेक्षा छ ।
निगमले वार्षिक तीनदेखि चारकरोड़ रुपैयाँको दुग्धजन्य पदार्थ विदेशी उत्पादनको प्रयोग गर्ने गरेकोमा अब भने सबै नेपाली उत्पादन नै प्रयोग हुनेगरी कृषि ।
मन्त्रालयले सहजीकरण गरिदिएको पनि पौडेलले जानकारी दिए ।
निगमका महापबन्धक पौडेलका अनुसार निगमले अब यात्रुलाई पनि खानापछि दिन डेज़र्टमा दही वा आइसक्रिम नेपाली उत्पादनकै दिइनेछ भने जुसको विकल्पमा पनि दही प्रयोग गर्न प्रोत्साहन गर्नेछ ।
यसबाट अहिलेको दुग्धजन्य पदार्थको कारोबार विमान सञ्चालन पूर्ण क्षमतामा आउँदाको अवस्थामा दोब्बरसम्म बढ्ने अनुमान निगमको छ । उनले राष्ट्रिय ध्वजावाहकसँगै अब अन्य वायुसेवालाई पनि नेपाली उत्पादन प्रयोग गर्न प्रोत्साहन गर्न सकिने हुँदा यसले नेपाली उत्पादका दूग्धजन्य पदार्थको बजार बढाउन र नेपाली उत्पादनको बजार पनि अभौ बढ्दै जाने अपेक्षा गरिएको बताए । राजधानी दैनिकमा प्रकाशीत समाचार
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology