Logo

२०८३, आश्विन ९गते


images
images

चुनावमा एक हप्ता विदा दिने त्रिविको तयारी

चुनावमा एक हप्ता विदा दिने त्रिविको तयारी

images
  • चुनावमा एक हप्ता विदा दिने त्रिविको तयारी
    images
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चुनावको समयमा एक हप्ता विदा दिने तयारी गरेको छ ।
    जाडोको विदामा समायोजन गर्ने गरी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा विदा दिने सुझाव आएकोले त्यसैगरी विदा दिने तयारी भइरहेको शिक्षाध्यक्ष शिवलाल भूसालले जानकारी दिए ।

    images
    images
    images


    चुनावका बेला विद्यार्थीहरु पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरुमा मतदान केन्द्रहरु परेको भएकोले एक हप्ता विदा दिने तयारी रहेको भूसाल बताउँछन् ।

    images
    images
    images

     

    images
    images
    images


    उनले भने ‘त्यसबेला विद्यार्थी पनि जान आउन परो । क्याम्पसहरुमा पोलिङ सेन्टरहरु परेकोले एक हप्ता विदा दिने तयारी हो ।’ उनको भनाई अनुसार विदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भइनसके पनि मंसिर १ देखि ६ सम्म विदा हुने सम्भावना रहेको छ ।

     

    विद्यार्थीहरुले जाडो बिदा चुनावको समयमा दिन आग्रह गरेपनि प्राध्यापकहरुले चुनावको समयमा लामो विदा दिन नहुने सुझाव दिएपछि जाडो महिनाको विदा नियमित समयमा नै दिने र चुनावमा एक हप्ता विदा दिने तयारी गरिरहेको शिक्षाध्यक्ष भूसालले बताए । त्रिविले पुस १५ पछिदेखि जाडो विदा दिँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।