Logo

२०८३, श्रावण ३१गते


images
images

तिहार: पाेखरामा २ कराेड ५० लाखकाे फूल  बिक्री हुने 

तिहार: पाेखरामा २ कराेड ५० लाखकाे फूल  बिक्री हुने 

images
  • तिहार: पाेखरामा २ कराेड ५० लाखकाे फूल  बिक्री हुने 
    images
    images

    कास्की । तिहारका अवसरमा पोखरामा मात्रै दुई करोड ५० लाख रुपियाँको फूल तथा माला बिक्री हुने अनुमान गरिएको छ। 

    images
    images
    images

    फ्लोरिकल्चर एसोसियसन, कास्कीका अनुसार यो पटक तिहारलाई लक्षित गरेर दुई लाख फूलका बेर्ना रोपिएको छ ।

    images
    images
    images

    फ्लोरिकल्चर एसोसियसन, कास्कीका पूर्वअध्यक्ष दयाकुमार द्वाले तिहारमा बढी फूल बिक्री हुँदा फूलको उत्पादनलाई बढाएको बताए। “हरेक कार्यक्रममा फूलको मालाको प्रयोग हुन्छ। तिहारमा फूलको व्यापार राम्रो हुन्छ,” उनले  भने । 

    images
    images
    images

    तर, कास्की फूलमा आत्मनिर्भर भने छैन। यहाँ लमजुङ, स्याङ्जा, गोरखादेखि फूल आउने गरेको छ ।

    द्वाकाअनुसार गण्डकी प्रदेशमा ४८ जनाले फूलको व्यवसाय गरेका छन्। व्यवसायीलाई सम्बन्धित निकायले नहेरिदिँदा समस्या परेको उनकाे  गुनासो छ। 

    पुष्प नीति र कार्यक्रम भए पनि सरकारले यसलाई प्राथमिकतामा नराख्दा फूल खेती फस्टाउन नसकेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फूल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।