काठमाडौं अर्थ मन्त्रालयले मुलुकभरका विभिन्न १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति दिएको छ ।
जसमा भक्तपुर क्यान्सर अस्पतालका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख, बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
यसैगरी, डोटी अस्पतालका लागि ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख, खोटाङ अस्पतालका लागि ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्य विनायक अस्पतालका लागि ७५ लाख र मदन भण्डारी अस्पताल तथा टुमा सेन्टरका लागि १ करोड ५५ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ। यसअघि अर्थ मन्त्रालयमा
विभिन्न २६ वटा केन्द्रीय अस्पताल र नौवटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २९५ करोड २० लाख रुपैयाँको सहमति दिएको थियो। यसैगरी, केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडीपू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको
सहमति दिएका थियो त्यसैगरी, विभिन्न जिल्लाका १२ बटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट निर्माण गर्नका लागि १६ करोड ८० लाख रुपैयाको सहमति दिएको थियो। यस्तै, विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू प गर्न ८५ करोड ९३ लाख रुपैयाँको सहमति दिएको थियो।
कोभिड १९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरूप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको जनाएको छ । अर्थ मन्त्रालयको यस्तो पहलका कारण अब अक्सिजन अभावमा कोरोना संक्रमित बिरामीको अकालमा ज्यान जाने अहिलेको अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । राजधानी दैनिकमा प्रकाशित समाचार
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology