नवलपरासी । नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले वर्तमान अवस्थामा देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको टिप्पणी गरेका छन ।
नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीले बर्दघाट–२ चिसापानीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संसदवादी दलहरुले चुनाव अघि नै गठबन्धन गरेर लुटतन्त्र हावी गराएको टिप्पणी गरे ।
चुनाव अगाडि नै गठबन्धन गरेर चुनाव लडनु के तन्त्र हो –उनले प्रतिप्रश्न गर्दै भने के भारतमा भाजपा र राष्ट्रिय काग्रेस मिलेर गठबन्धन गर्छन ? अवश्य गर्दैनन््् । यहाँ लोकतन्त्र होइन् लुटतन्त्र छ । उनले जनयुद्ध लडेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र त्यस बेला टाउकोको मुल्य तोक्ने शेरबहादुर देउवाबीच गठबन्धन हुनुलाई बिचित्रको संज्ञा दिए ।
उनले निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिनु रहेको बताउदै संसदीय व्यवस्थालाई बढावा दिन नहुने भएकोले निर्वाचन बहिष्कार गरेको बताए ।
निर्वाचन बहिष्कार कार्यक्रम हाम्रो तर्फबाट शान्तिपुर्ण हुन्छ गजुरेलले भने तर देशैभरि प्रहरी प्रशासन लगाएर हाम्रो कार्यक्रममा अवरोध गरिदैछ । शान्तिपुर्ण कार्यक्रममा अवरोध गरिन्छ भने हामीले शान्तिपुर्ण बहिष्कार गर्न चाहेर पनि हुदैन ।
नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेकपा (मशाल) र माओवादी
कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा आगामी निर्वाचन बहिष्कार गरेको जानकारी गजुरेल दिए ।
कार्यक्रम नेकपा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलको अध्यक्षता र पत्रकार रवि पाण्डेयको संचालनमा भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology