Logo

२०८३, आश्विन ९गते


images
images

पदक विजेता  महानगरवासी खेलाडी र प्रशिक्षकलाई पोखरा महानगरको सम्मान

पदक विजेता  महानगरवासी खेलाडी र प्रशिक्षकलाई पोखरा महानगरको सम्मान

images
  • पदक विजेता  महानगरवासी खेलाडी र प्रशिक्षकलाई पोखरा महानगरको सम्मान
    images
    images

    राजेश पराजुली, पोखरा  । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता  महानगरवासी खेलाडी र प्रशिक्षकलाई पोखरा महानगरले नगदसहित सम्मान गरेको छ ।मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यसहितको टोलीले  पदक हासिल गर्न सफल ४१ जना खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो  ।

    images
    images
    images

    प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी भइ हालसम्म ५ स्वर्ण, २ कास्य तथा ५ रजत पदक ल्याउन सफल  ४१ जना खेलाडीहरूलाई महानगरपालिकाले सम्मान गरेको पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

    images
    images
    images

    स्वर्ण पदक विजेतालाई प्रति पदक नगद रु.१५ हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु पाँच हजार, कास्य पदक विजेतालाई प्रति पदक रु.१० हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु पाँच हजार र रजत पदक विजेता खेलाडीहरूलाई प्रति पदक नगद रु पाँच हजारका दरले सम्मान गरिएको खड्काले बताए ।

    images
    images
    images

    हालसम्म पुरुष ह्यान्डबल बल (समूह), फुल कनट्र्याक्ट करातेका अभिषेक तामाङ र अनीश बुढा, बडि बिल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्ण पदक प्राप्त गरेका छन् । यस्तै फुल कनट्र्याक्ट कराते कै रूपक नेपाली र शिव भुजेलले कास्य पदक प्राप्त गरेका छन् । 

    खेलमा सहभागी समूहहरूले ५ रजत पदक प्राप्त गरेका छन् ।
    पदक प्राप्त गर्ने बाँकी खेलाडीहरूलाई पनि प्रतियोगिता समापन लगत्तै सम्मान गरिने महानगर  प्रमुख आचार्यले बताए । 

    खेलकै दौरानमा खेलाडीहरूलाई  सम्मान गर्दा थप हौसला मिल्ने विश्वासका साथ सम्मान गरिएको र खेल अवधिभरमा बिजेता हुने थप खेलाडीलाई सम्मान गर्दै जाने उनको भनाई छ  ।

    पोखरा महानगरपालिका सदैव खेलाडी तथा खेलकर्मीहरूको साथमा रहने उदघोष गर्दै आचार्यले  यस्ता प्रकारका सम्मानहरूले खेलाडीहरूमा सकारात्मक ऊर्जाको प्रवाह हुने विश्वास ब्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।