Logo

२०८३, आश्विन ९गते


images
images

महानगरद्धारा १९२ जना खेलाडीहरुलाई नगद सहित सम्मान 

महानगरद्धारा १९२ जना खेलाडीहरुलाई नगद सहित सम्मान 

images
  • महानगरद्धारा १९२ जना खेलाडीहरुलाई नगद सहित सम्मान 
    images
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान गरिएको हो ।

    images
    images
    images


    स्वर्ण पदक विजेता ३५ जना, ३२ जना रजत पदक विजेता र ८५ जना कांस्य पदक विजेता खेलाडीहरूलाई महानगरपालिकाले सम्मान गरेको हो । उनीहरूलाई क्रमशः नगद रु.१५ हजार, रु.१० हजार र रु.५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । यस्तै ३६ जना टिम म्यानेजर र ४० जना प्रशक्षिकहरुलाई समेत सम्मान गरिएको छ । यसअघि पहिलो चरणमा ३९ जना खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो ।

    images
    images
    images


    उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिना, पोखरा महानगरपालिका नेपाली काँग्रेस संसदीय दलका नेता दिवसमान प्रधानाङ्ग लगायतले सम्मान प्रदान भएको हो । महानगरपालिकाका प्रमुख आचार्यले खेलाडीहरूलाई प्रदान गरिएको रकम सानो भए पनि खेलाडीहरूको हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त भयो । खेलाडीहरूको खेल जीवनको निरन्तरताका लागि आवश्यक सहयोग गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।

    images
    images
    images


    ‘खेलाडीहरूको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न हामी सदैव सकारात्मक छौँ, स्वस्थ महानगर निर्माणको अभियानमा खेलाडीहरूको महत्त्वपूर्ण योगदान रहन्छ, प्रमुख आचार्यले खेल जीवनका दौरानमा, खेलकुदलाई अगाडी बढाउने विषयमा कुनै पनि समस्याहरू आइपरे महानगरको खेलकुद विकास समिति पनि छ, महानगरपालिका यहाँहरूको साथमा छ, यहाँहरूले आ९आफ्नो वडामा पनि सम्पर्क गर्न सक्नुहुनेछ, हामीले सक्ने सहजीकरण इमानदार पूर्वक गर्नेछौँ ।’ राष्ट्रका गहनाका रूपमा विकसित खेलाडीहरूको खेलजिवन थप उपलब्धि मूलक बनाउने सन्दर्भमा आवश्यक सहकार्यका लागि महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।
    आफूहरू पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा रहेको बताउँदै उनले खेल पर्यटन प्रवद्र्धन सहित यहाँ आवश्यक पूर्वाधारहरू निर्माणमा समेत जोड दिए ।

     

    अंङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरामा आयोजना गर्न लागिएको टुर दि पोखरा कार्यक्रमका क्रममा आगामी पौष ६ गते दोस्रो संस्करणको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता २०७९ समेत गरिने उनले जानकारी दिए ।पोखरा १७ रानीवनबाट सुरु हुने उक्त प्रतियोगितामा देश तथा विदेशका साइकल यात्रीहरूको सहभागिता रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।