Logo

२०८३, श्रावण २७गते


images
images

वालिङ्ग नगरपालिकाद्वारा आईसोलेसन सेन्टरमा उपचाररत सङ्क्रमितलाई नि:शुल्क भोजन

वालिङ्ग नगरपालिकाद्वारा आईसोलेसन सेन्टरमा उपचाररत सङ्क्रमितलाई नि:शुल्क भोजन

images
  • सेतोमसी सहकर्मी
  • वालिङ्ग नगरपालिकाद्वारा आईसोलेसन सेन्टरमा उपचाररत सङ्क्रमितलाई नि:शुल्क भोजन
    images
    images

    गणेश भुसाल, वालिङ । वालिङ नगरपालिकाले बिरामीलाई निशुल्क भोजनको ब्यवस्था गरेको छ । नगरपालिकाले गर्हौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आईसोलेसन सेन्टरमा उपचाररत कोरोना सङ्क्रमितलाई निशुल्क भोजनको ब्यवस्था मिलाएको नगर प्रमुख एवं अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए ।

    images
    images
    images

    “विश्वभर महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ” उनले भने, “सङ्क्रमण जोखिम, रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको छ जसका कारण होटल तथा पसलहरु नखुल्दा खानाका लागि समस्या नहोस् भनेर अस्पतालकै क्यान्टिनमा निशुल्क खानाको ब्यवस्था मिलाएका छौं ।”

    images
    images
    images

    “नजिकै घर भएकालाई त समस्या नहोला, उहाँहरुले घरबाटै पनि ल्याउन सक्नुहुन्छ” उनले भने, “तर घर टाढा भएका र यहाँ आफन्तजनहरु पनि नभएकाहरुका लागि खाजा तथा खाना ब्यवस्थापनमा समस्या हुने गरेकोले सहजताका लागि खाना उपलब्ध गराईएको हो ।”

    images
    images
    images

    नगरपालिकाले तयार पारेको अक्सिजनसहितको ३५ शैयाको सुविधा सम्पन्न आईसोलेसनमा उपचाररत सबै बिरामीलाई दैनिक खाना खुवाउने गरिएको अस्पतालका सूचना अधिकारी देबेन्द्रप्रसाद भट्टराईले बताउँछन् । नगरपालिकाको सहयोगमा दैनिक चार पटक अस्पतालको क्यान्टिनबाट स्वस्थकर खाजा तथा खानाको ब्यवस्थापन गरिएको सूचना अधिकारी भट्टराईले भनाई छ ।

    “अस्पतालको आईसोलेसन कक्षमा भर्ना भई बस्नुभएका कोरोना सङ्क्रमितहरुलाई बिहान ८ बजेभित्र खाजा, ११ बजेभित्र खाना, दिउसो ३ बजेभित्र खाजा र बेलुकी ८ बजेभित्र खाना उपलब्ध गराउँछौं” सूचना अधिकारी भट्टराईले भने, “अस्पतालबाटै नि:शुल्करुपमा खाना उपलब्ध गराउँदा बिरामी तथा आफन्तहरुलाई सहजता भएको र सबैले एउटै समयमा खाना खाएपछि सबैलाई एकै समयमा औषधि खुवाउन पनि सहज भएको छ ।”  

    नगरपालिकाले आईसोलेसनका लागि सहयोग गर्न ईच्छुकहरुलाई सहयोगका लागि आब्हानसहित ब्यहोराको सूचना जारी गरेसँगै आईसोलेसनलाई आवश्यक पर्ने विभिन्न दाता, संघ संस्था तथा ब्यक्तिहरुबाट सहयोग जुटिरहेको छ ।

    दाताहरुबाट अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, नेबुलाईजर, शैयाहरु, अक्सिजन सिलिण्डर भर्नकालागि आर्थिक सहयोग, औषधि खरीद तथा उपचारका लागि प्रयोग हुने उपकरणहरुका लागि सहयोग प्राप्त भईरहेको छ । त्यस्तैगरी अस्पतालमा उपचाररत बिरामी तथा कुरुवाहरुका लागि भोजन ब्यवस्थापनका लागि पनि दाताहरुले नगरपालिकामार्फत सहयोग गर्ने क्रम बढ्दो छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्याङजा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।