गणेश भुसाल, स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा कोभिडको स्थिती अझै तिब्र वृद्धि हुन सक्ने कुरालाइ मध्यनजर गर्दै स्याङ्जाको वालिङमा अब जेठ १५ गते सम्मको लागि एटिएम सेवा बाहेकका सम्पुर्ण बैंकिङ कारोबार बन्द गरिने भएको छ।
वालिङ नगरपालिका भित्र थप सतर्कताहरु नअपनाए देश विभिन्न क्षेत्रमा जस्तै तिब्र रुपमा संक्रमण र मृत्युदर बढ्ने सम्भावना रहेको भन्दै बैंकिक कारोबार बन्द गरिएको कुरा प्रमुख प्रशासकिय अधिकृत राजन भटटराइद्वारा जारी सूचनामा उल्लेख छ ।
सकेसम्म एटीएम सेवाको प्रयोग पनि कम गरि आफुलाइ चाहिने रकम एकै पटक झिक्न अनुरोध गर्दै सबैखाले सुरक्षाका मापदण्ड अपनाउन समेत सूचनामा अनुरोध गरिएको छ।
थप संक्रमणबाट आफू बच्न र अरुलाइ हुन नदिन काम नपरि दाँयाबाँया हिड्ने प्रवृत्ति देखिएको र उक्त हिड्डुल गर्नु एक सभ्य नागरिकको पहिचान नभएकोले आफुलाइ सिङ्गो देश समस्यामा परेको कुरा मनन गर्न नगरवासिहरुमा अनुरोध छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology