गणेश भुसाल, स्याङजा । नेपाल कृषि प्रधान मुलुक भएपनी कृषि पेशामा कैयौं समस्या हुँदा धेरै खेतबारी बांझै राखेर आज लाखौं युवाहरु विदेशीएका छन् । तर केही कृषि उद्यमीहरु यस्ता पनि छन जसले कृषि पेशालाइ व्यवसायीकरण । यसै कृषिलाई आफ्नो व्यवसायिक रूपमा संचालन गर्दै आफ्नो जिल्ला भित्रका बजारको माग पूरा गर्दै आइरहेका छन् स्याङ्जाका कृषकले ।
बिगतमा अत्याधिक बर्षहरु बिदेशमा बिताएर घर फर्किनुभएका स्याङ्जाका कृषक दिनेश तिवारिले कृषि उत्कृष्ट तरिकाले गरिरहेको पाइएको छ। हाल स्याङ्जा जिल्ला वालिङ नगरपालिकाभित्र पर्ने तिवारीडाँडाका कृषकले मौसमी तथा बेमौसमी दुबै तरकारी उत्पादन गर्नुभएको छ।
अब बिदेशी मरुभुमीमा आफ्नो पसिना नबेच्ने प्रतिबद्धता गर्दै केही बर्षदेखि कृषिबाटै बर्सेनी १२ लाख कमाउनु भएको कुरा तिवारिले बताउनुभएको छ। तरकारी उत्पादनमा १५ रोपनि जग्गाबाट उहाँले बिदेशमा भन्दा यहाँ धेरै कमाइ भएको बताउनु हुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology