काठमाडौं । सरकारले भोलि कात्तिक १ गते (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज सोमबार सूचना प्रकाशित गरी गृह मन्त्रालयले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिने जनाएको हो।
मन्त्रालयले जोशीको निधनको शोकमा ‘नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा मिति २०७९ साल कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको’ सूचनामा उल्लेख गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology