Logo

२०८३, आश्विन ९गते


images
images

सोमबार वाग्मती प्रदेशमा सार्वजनिक बिदा

सोमबार वाग्मती प्रदेशमा सार्वजनिक बिदा

images
  • सेतोमसी सहकर्मी
  • सोमबार वाग्मती प्रदेशमा सार्वजनिक बिदा
    images
    images

    मकवानपुर । वाग्मती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा भोलि सोमबार वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images
    images
    images

    प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोह आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताए ।

    images
    images
    images

    मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णयगरेअनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । भोलि प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, संघ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।