देउखुरी । लुम्बिनी प्रदेश सरकारले महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा मंगलबार भदौ १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
मन्त्रालयका उपसचिव तथा प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार हरितालिका तीजको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology