देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले कोभिड संक्रमित विरामीहरूलाई च्यवनप्राश तथा माक्स वितरण गरेको छ ।
गत बैशाख २३ गतेबाट नि:शुल्क बिरामीलाई अस्पताल लैजादै आएको राप्रपाले विशेषत: आफुले उद्दार गरेका विरामीको स्वास्थ्य अवस्था बुझ्ने र थप स्वास्थ्य लाभको कामना सहित च्यवनप्राश र माक्स वितरण गरिएको पार्टी नगर अध्यक्ष माधव रिमालले बताए ।
पार्टीका केन्द्रिय सदस्य तोयानाथ लम्सालको मुख्य संयोजनमा राप्रपाले देवदह, रोहिणी लगायत रुपन्देही क्षेत्र नं. १ भरी नै कोभिड संक्रमितको उद्दार गर्ने कार्य गर्दै आएको र आजको कार्यक्रम पनि त्यसैको निरंतरता भएको पार्टी क्षेत्र नं. १ (क) का अध्यक्ष कमल गौतमले बताए ।
आजसम्म ३ सय ५० बढी संक्रमितको उद्दार गरि अस्पताल सम्म पुर्याईएको बताउँदै दैनिक २७/२८ जना संक्रमितलाई अस्पताल पुर्याइएको राष्ट्रिय प्रजातान्त्रिक युवक संघका केन्द्रीय सदस्य ज्ञानु तिवारीले जानकारी दिए ।
उक्त अभियानमा पार्टी नेताहरु विनोद सेन्चुरी, शशी भण्डारी, लालबहादुर ठकुरी, लक्ष्मण न्यौपाने, किरण गौतम, धनराज भुर्तेल, पिताम्बर पराजुली, पारस अधिकारी लगायत सम्पुर्ण पार्टी नगर तथा वडा पदाधिकारी र सदस्यहरु खटिएको पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology