कृष्ण अन्जान, गुल्मी । छत्रकाेट ३ लुम्छाका कृष्ण पन्तलाई विहानै देखि फुर्सद छैन । दसैकाे पुर्णिामा त्यसै पनि चाेएगामा 'राम' (मेला) लाग्छ ।
लुम्छाकाे बाटाे भएर राम हेर्न, देविकाे दर्शन गर्न जानेकाे लामै ताँति छ । र, यहि ताँतीमा टेन्ट टाँगेर बनाईएकाे पसलमा आउँछन र जलेबि देखेर त्यतै लाेभिन्छन । किनेर मिठाे मानेर खान्छन । घरका लागि पाहुर लैजान्छन ।
चाेएगाकाे राम हेर्न आएका तन्नेरी तरुनीहरुकाे राेजाई पनि तात्ताताे जलेबि बन्छ । बालबालिका अधवैसे, बुढा बुढि सबैले जलेबि खाएर मुख मिठाएकाे भेटिन्छन ।
"जातिविद्दि मिठा जुल्पि पकाउँछन बाए यहाँ त घरकाले मन पार्छन् किनेर लान लागेँ मैले त" बाँसखर्ककि काेपिला कँडेलले आधाकिलाे जुल्पि किनेर पानिकागजकाे झाेलामा राख्दै भनिन ।
हुनपनि ताता जलेबिकाे स्वादले आनन्द दिन्छ र यसैपनि जलेबि नमिठाे कस्ले मान्ला र ?
गुल्मीको लुम्छा बजारमा कृष्ण पन्तले हाेटल व्यवसाय शुरु गरेकाे सात वर्ष बित्दै छ तर जलेबि भने बर्षकाे दुईपटक मज्जाले पाक्छ ।
तिजकाे पन्चमी र दसैँकाे पुर्णिमा लुम्छामा जलेबि पाक्ने दुई दिन हुन किनकि यी दुई दिन याे क्षेत्रमा थामिनसक्नुकाे मेला लाग्छ ।
दिनभरिमा डेढ क्विन्टल जलेबि पकाएर बेचिन्छ पन्तले भने ।उनले किलाकाे चारसयका दरले जलेबि बेचेको बताउँछन ।
वरिपरिका गाउँकाले त हारालुछि गरेर किनेर लान्छन ,उता अर्घाखाँचि तिरबाट आउने हरुले पनि पाहुर भनेर लान्छन राम्रै बिक्छ वर्षका यी दुई तीन दिन त उनी भन्छन ।
त्यसाे त लुम्छा बजार यि दिनमा जलेबि पकाउने अरु पसल हरुपनि छन र सबै पसलहरुमा जलेबिका पारखी हरुकाे उत्तिकै भिड देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology