काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ विरूद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मौन अवधिमा अपिल सार्वजनिक गर्दै गृहमन्त्री समेत रहेका पार्टी उम्मेदवार रामबहादुर थापा बादलका पक्षमा भोट मागेपछि कांग्रेसले आयोगमा प्रधानमन्त्री र शिक्षामन्त्री विरूद्ध कारवाहीको माग गर्दै उजुरी दिएको हो।
ज्ञात रहोस आज बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि चुनाव भइरहेको छ। बुधबार प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले बादलका पक्षमा मत माग गर्दै अपिल जारी गरेका थिए।
मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीको अध्यक्षको हैसियतले र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत् मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार सहिंताको ठाडो उलंघन भएको छ,’ कांग्रेसले दिएको उजुरीमा उल्लेख गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology