कृष्ण अन्जान, गुल्मी ।
गाेलैँची, मधुमालती, मखमली गाेदावरी, बाँबरी
खुर्सानी, करबीर, चाँप, पुतली, जाई, चमेली कति !
ती उद्यान सदा परागकणकाे बास्ना छरी हाँस्दथे
धाेबी, काेकिल, माहुरी र पुतली रम्दै त्यहाँ नाच्दथे !
रुरुक्षेत्र गाउँ पालिका वडा नं. ३ मा रहेकाे प्रतिभा प्राथमिक विद्यालयकाे प्राँगणमा पद्द कविताका श्वरहरुले गुन्जिँदा दशकौँ पछि कविताकाे स्वाद थाेर्गेलीहरुले चाख्न पाए ।
प्रतिभा प्राथमिक विद्यालयले आफ्नो विद्यालयकाे संवरण जयन्तीको अवसरमा प्रकाशित प्रतिभा दीप स्मारिका लाेकार्पण सँगै जाेडेर साहित्यिक माहौल सिर्जना गरेकाे हाे ।
प्रतिभा दिपमा प्रकाशित याे क्षेत्रकै चर्चित कविहरुका कविता पाठ गर्ने साहित्यिक कार्यक्रम समेत जाेडिएकाे थियाे ।
कवि कमल ज्ञवालीकाे रुरुकाे सम्झना शिर्षककाे कविता पवित्रा गौतमले पाठ गरिन यसैगरी कवि रुद्र ज्ञवालीकाे फर्किन्न बालापन लेखनाथ गौतमले पाठ गरे । कवि ज्ञाननिष्ठ गौतमकाे आमा खण्डकाव्यकाे केही अँश कल्पना ज्ञवालीले पाठ गरिन भने युवराज गौतमकाे मेराे प्याराे थाेर्गा लेखनाथ गौतमले कवि नारद गौतमकाे सरस्वती बन्दना रेणुका पन्थीले सुनाईन् ।
यसैगरी कवि हिरण्यलाल ज्ञवालीको लुम्बिनी प्रदेश परमानन्द ज्ञवालीले, कवि टँकनाथ ज्ञवालीकाे मेराे सम्झनामा सागरपाेखरी शिर्षककाे कविता रचना पन्थीले पाठ गरिन् भने कवि कृष्ण प्रसाद ज्ञवालीकाे प्रतिभा प्राथमिक विध्यालय शिर्षककाे कविता प्रज्ञा गौतमले वाचन गरेकी थिईन् ।
यसैगरि आफ्नै रचना नरहरी ज्ञवाली र वेद प्रासाद पन्थले वाचन गरेका थिए ।
हाे, यतिबेला रुरुक्षेत्रमा साहित्यिक खडेरी छ । साहित्य सँगित र कला प्रति जताततै मौनता साँधिएकाे थाेर्गामा सायद यसरी साहित्यिक माहौल सिर्जना गर्नु एउटा ठुलै प्रयास भन्दा हुन्छ
आमा दिदी बहिनी हाे कति बस्छौ दासी भै सुखकाे सधै प्यासि बनेर ...
कुनै जमाना थियाे जनवादी साहित्यले जनतामा चेतना भर्दै गर्दा रुरुक्षेत्र गाउँपालिका १ थानपति चापाखर्कका एकदेव ज्ञवालीकाे निकै चर्चा थियाे । जे बि टुहुरेले गाएकाे माथिकाे गितका रचयीता उनै एकदेव ज्ञवाली हुन् र उनका चर्चित र कालजयी गितहरुकाे अहिले पनि चर्चा हुने गर्छ ।
साहित्य क्षेत्रकाे कुरा गर्दा लुम्बिनी प्रदेशका सासँद कमलराज श्रेष्ठले पनि साहित्य क्षेत्रमा धेरै कलम चलाएका मात्र छैनन् । उद्घाेष कविता सँग्रहका साथै धेरै साहित्यिक पत्र पत्रिकामा श्रेष्ठका जीवन्त रचना छन् ।
पन्चायत कालमा कलम चलाएर चेतना छर्दै बेदना जस्ता नाटक लेख्ने कमल राज श्रेष्ठ पनि रुरुक्षेत्र का साहित्यिक अभियन्ता हुन् ।
त्यसाे त बिसकाे दशकमा दियालाे पत्रिका निकाल्ने चिन्तामणि ज्ञवाली हरु पनि साहित्यका पारखी हुन् ।
साहित्य कै कुरा गर्दा थानपति कै कृष्णप्रसाद ज्ञवालीले शिलाेँगमा बसेर लामाे साहित्य साधना गरे भने रिडी बजारका धेरै साहित्यकार हरु काे सम्झना यतिबेला पनि सबैले गर्छन ।
राष्ट्रिय पहिचान बनाएका भागिरथी श्रेष्ठ, डा. राम प्रसाद ज्ञवाली, गणेश ज्ञवाली, कृष्ण अन्जान ज्ञवाली यसै क्षेत्रका साहित्यिक हस्तीहरु हुन ।
साहित्य सँगित र कला प्रति प्रतिवद्द जनगायक ध्रुव ज्ञवाली लाेकगायक ओम ज्ञवाली, नन्दु परियार पवन, परियार पनि यहि रुरुक्षेत्रका साँगितिक हस्तिहरु हुन ।
पछिल्लाे समय गाउँघरमै साहित्य सेवा गर्ने कलम चलाउने धेरै छन तर साहित्यिक कर्ममा लागेका हरुकाे न तथ्याँक छ न राज्यले समेट्न सकेकाे छ ।
पछिल्लो पटक साहित्य गतिविधि मा खडेरी छ साहित्यिक व्यक्तित्व हरुलाइ राज्यले र स्थानिय निकायले हेर्न सकेन खण्डकाव्य प्याराे नेपाल प्रकाशन गरेकी रुरु १ रिडीकि साहित्यकार रेणुका पन्थीकाे भनाइ छ ।
स्थानिय निकायले साहित्यिक प्रतिष्ठान बनाउँदै साहित्यकार हरुलाइ सँरक्षण गर्न सक्ने व्यवस्था छ तर ध्यान त्यता पुग्न नसक्दा साहित्यकार हरु मात्रै हाेइन साहित्यिक गतिविधि अाेझेलमा छ ।
साहित्य र कलाकार लाई समेटेर यथासिघ्र साहित्य तथा कला प्रतिष्ठान गठन गर्दै साहित्यिक र कलाकारितालाई प्राेत्साहनमा स्थानिय निकायकाे ध्यान जानु जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology