Logo

२०८३, श्रावण २७गते


images
images

निषेधाज्ञा-जीवनशैली

कोरोना तनाब र कब्जियत : के खाने, के नखाने ? के गर्ने, के नगर्ने ?

कोरोना तनाब र कब्जियत : के खाने, के नखाने ? के गर्ने, के नगर्ने ?

images
  • सेतोमसी सहकर्मी
  • कोरोना तनाब र कब्जियत : के खाने, के नखाने ? के गर्ने, के नगर्ने ?
    images
    images

    कोरोनाको दोस्रो लहर सुरु भए यता  फेरि पनि मानसिहरुमा मनोबैज्ञानिक तनाव बढेर गएकोछ ।   कोभिड - १९ महामारीको समय सबैको लागि तनावपूर्ण समय हो ।

    images
    images
    images

    चालिस बर्षिय एक पुरुषलाई निषेधाज्ञा शुरु भए यता पाँच सात दिन देखि दिसा नलाग्ने, दिसा भए पनि थोरै हुने, पेट फुल्ने, पेट भारी हुने, पेटमा ग्यास बन्ने, पेट सफा नहुने, पेट असपट हुने, शरीर चंगा र छरितो नहुने, पेट कराउने जस्ता कब्जियतका लक्षणहरु देखिएका छन  ।  कोरोनाको त्रासले आफु भयभित, बैचेनी र तनाबमा रहेको  बताउदै उनले मनोपरामर्शका लागि फोन गरे।

    images
    images
    images

    माथी भनिए जस्तै, निषेधाज्ञाको समयमा तपाईलाई पनि कब्जियत वा पेटसँग सम्बन्धित  समस्याहरुले सताएको  त छैन ?

    images
    images
    images

    कब्जियत वा पेटको समस्या तनाव तथा चिन्ताको कारणले समेत हुने गर्दछ।
    कोरोनाको प्रकोप र निषेधाज्ञाले स्वभाबिक रुपले  हामीमा  मानसिक तनाव, डर , त्रास , चिन्ता बढाएकोछ । 

     तनावले पाचन थैलीबाट निस्कने ग्याष्टिक एसिडसहित विभिन्न हर्मोन र रासायनिक पदार्थको उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ। मानसिक तनाव हुँदा शरीरबाट बिभिन्न खालका स्टेस हर्मनहरु निस्कन्छन ।
    तनावले कब्जियत हुनुका साथै पेटमा ग्याँस उत्पन्न भइ ग्याष्टिकको समस्या समेत देखा पर्न सक्छ ।

    तनाव र चिन्ताले  पाचन प्रणालीमा असर पुर्याउछ। जसको कारण पेट दुख्ने , कब्जियत हुने, पखला लाग्ने, वान्ता हुने वा पेटमा गडबडी हुने जस्ता समस्याहरु देखिन सक्छन ।

    कब्जियत हुनुको अर्को कारण जीवनशैली तथा  खानपना पनि हो । कोरोनाको संक्रमणक‍ो कारण गरिएको निषेधाज्ञाले हाम्रो जिवनशैलीमा परिबर्तन आएकोछ । हाम्रो  दैनिकी बिथोलिएकोछ । असन्तुलित खानपान र जीवन शैलीले हिजोआज धेरैमा कब्जियतको समस्या  देखिएकोछ ।

    हिजोआज  हामी  शारीरिक रुपमा  निष्क्रिय जस्तै भएकाछौ। हामी चौबीसै घण्टा  घर भित्रै बस्न बाध्य छौ ।  घरमा बस्दा , शरीर चलायमान नहुदा तथा शारीरिक श्रम नहुदा खानेकुरा सहजै पच्न पाउदैन । जसले गर्दा कब्जियत वा पेटका समस्याहरु बढेर जान्छ ।

    निषेधाज्ञाको समयमा कब्जियत हुनबाट बच्न  कस्तो हुनुपर्छ हाम्रो दैनिकी ?

    • शरिरलाई सक्रिय वा आफुलाई व्यस्त राख्ने र  मनलाई शान्त तथा आनन्दित बनाउने कृयाकलापमा दैनिक रुपमा संलग्न  हुनुपर्छ ।
    • आफ्नो दैनिकीलाई  नियमित र संतुलित बनाउनु पर्छ । काम गर्ने , खाने,  सुत्ने समय निश्चित हुनुपर्छ । शौचालय जाने समय पनि निश्चित र नियमित बनाउनुपर्छ।
    • शारीरिक ब्यायम गर्नु अहिलेको समयमा अति जरुरी हुन्छ । योगाभ्यास वा शारीरिक  ब्यायमले तनाव कम गर्न सहयोग गर्छ । साथै शरिरको पाचनशक्ति  बढाउनलाई समेत मद्दत पुर्‍याउछ। तनावको समयमा प्रशस्त आरामको जरुरत पर्छ ।
    • दैनिक कम्तीमा ७- ८ घण्टा सुत्नु जरुरी हुन्छ। सुत्ने समय भने निश्चित हुनुपर्दछ । काम छैन भनेर धेरै समय सुत्नाले पनि पाचन प्रणालीमा असर पुुग्छ।
    • राति अबेलासम्म टेलिभिजन हेर्ने , मोबाइल तथा ल्यापटपको बढि प्रयोग गर्ने जस्ता ब्यबहारले  पाचन प्रणालीलाई असर पुर्‍याउछ । यसको प्रयोगलाई सिमित गर्नुपर्छ ।
    • मनलाई शान्त राख्न ध्यान , श्वासप्रस्बासको अभ्यास, आरामदायिक अभ्यास गर्नु पर्दछ । जसले तनाव ब्यबस्थापनमा मदत पुर्याउछ।

    कस्ता खानेकुराहरु खाने ?

    निषेधाज्ञाले गर्दा हाम्रो खानपानमा समेत असंतुलन आएको  हुनसक्छ । असंतुलित खानपिन पनि कब्जियतको कारण हो । त्यसैले खानपिन गर्दा यी कुराहरुमा ख्याल राख्नु पर्छ ।

    • पचाउन सजिलो हुने प्राकृतिक खाद्यान्नहरु जस्तो रेसादार खानेकुरा , हरियो सागपात, सब्जि,सलाद,फलफुल ,गेडागुडी, टुसा उम्रेका अन्न, काँक्रा, गाजर, मूला जस्ता खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।
    • प्रशस्त मात्रामा पानी, दही, मही , जुस, सुप वा झोलियो खानेकुरा खानुपर्छ । 
    • अमिलो–पिरो, फस्टफुड र ड्राईफुड, धेरै चिल्लो, तारेको, भुटेको, माछा, मासु, अण्डाजस्ता मांसाहार नखाने वा कम खाने। कोल्ड ड्रिंक र फास्टफूड सेवन त गर्नै हुदैन ।  यसले पाचन प्रक्रियालाई असर गर्छ ।
       
      तनाबको बेला कि  खानै मन लाग्दैन  कि  अरुबेला भन्दा धेरै खान पुगिन्छ । अहिले परिवारसँगै हुने र फुर्सदिलो समेत भएकाले खाने मात्र काम बढि हुनसक्छ । जसले  गर्दा खाएको कुरा राम्रोसँग पच्न पाउदैन जसले गर्दा कब्जियतको समस्या देखापर्न सक्छ । त्यसैले  दिनमा ४-५   थेरै थेरै  पटक गरेर खानु उपयुक्त हुन्छ ।
    • चिया, कफि पनि धेरै खानु हुदैन । धूमपान तथा मद्यपान त  गर्नैहुदैन । तर तनावका समयमा  यसको सेबन बढ्ने जोखिम हुन्छ । यसमा सचेत रहनु पर्छ ।
    • दैनिक जीवनशैली र खानपानमा ध्यान पुर्याउदा पनि कब्जियत वा पेट सम्बन्धि समस्याहरु कम नभएमा घरेलु उपाय अपनाउन सकिन्छ ।  जस्तो त्रिफला चूर्ण जस्ता आयुर्वेदिक अौषधीको सेबन गर्न सकिन्छ । तर लामो समयसम्म कब्जियतको समस्या रहिरहेमा भने सम्बन्धि बिशेषज्ञलाई देखाउनुपर्छ ।

    एन्जाईटी वा  चिन्ताका जन्य मानसिक रोगहरु , डिप्रेसन जस्ता मानसिक समस्याको कारणले पनि कब्जियत वा  पेट सम्बन्धि समस्या देखिन सक्छन । मानसिक रोगका कारणले यस्तो भएको हो भने  मनोरोग बिशेषज्ञलाई देखाउनु पर्छ ।  मानसिक रोगको कारण पेटको समस्या आउदा जति सुकै ग्याष्टिक वा पेटको अौषधी उपचार गरेपनि रोग निको हुन गार्‍हो पर्छ ।

    हाँस्य कलाकार केदार घिमिरेलाई पनि एक पटक असाध्यै पेट दुख्ने समस्याले सतायो । पेटको जति नै अौषधि उपचार गरेपनि  पेट दुख्ने कम भएन।  उनलाई पछि डिप्रेसन भएको थाहा भयो । डिप्रेसनको उपचार पछि उनको पेट दुख्ने लगायत सबै समस्याहरु कम भएर गयो ।

    यहाँहरुलाई पनि यस्तै समस्यले सताएको भएमा निषेधाज्ञाको अबधिभरि फोन मार्फत निशुल्क मनोपरामर्श सेवाक‍ो व्यबस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।

    ✍️ गोपाल ढकाल

    ( लेखक ढकाल मनोविद हुन । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।