Logo

२०८३, श्रावण २७गते


images
images

नगरपालिका स्तरीय नेपाल युवा जुनियर रेडक्रस सर्कलको गोष्ठी सम्पन्न

नगरपालिका स्तरीय नेपाल युवा जुनियर रेडक्रस सर्कलको गोष्ठी सम्पन्न

images
  • नगरपालिका स्तरीय नेपाल युवा जुनियर रेडक्रस सर्कलको गोष्ठी सम्पन्न
    images
    images

    गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखाको आयोजना र रेसुङ्गा माध्यमिक बिधालय तम्घासको आतिथ्यतामा रेसुङ्गा नगरपालिका स्तरीय नेपाल युवा /जुनियर रेडक्रस सर्कलको गोष्ठी सम्पन्न भएको छ।

    images
    images
    images


    कार्यक्रममा उद्घाटन  मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले गुल्मी जिल्लामा नेपाल रेडक्रस सोसाइटीले मानवीय तथा  विपद र द्वन्द्वको समयमा खेलेको भुमिका सरहानिय  रहेकोे  बताएकी छन।

    images
    images
    images

    रेडक्रसले आगामी दिनमा पनि अझ प्रभावकारी ढंगले कार्यक्रम अघि बढाउन आग्रह गरेकि छन। नेपाल रेडक्रसले मानवीयका साथै सामुदायिक विकासमा खेल्ने सकारात्मक भुमिकामा नगरपालिकाको हरेक तवरबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छन।

    images
    images
    images

     नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखा उपसभापति राधा पन्थी,रेसुङ्गा नगरपालिका -२ का वडा अध्यक्ष हिरा बहादुर थापा र विधालय ब्यबस्थापन समितिका अध्यक्ष जयश्वर पन्थी र रेसुङ्गा माध्यमिक विधालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले मानवीय सेवामा रेडक्रसले खेलेको भुमिकाका बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

    गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी गुल्मीका सदस्य सरस्वती भण्डारी,जिल्ला शाखाका शाखा अधिकृत कृष्णप्रसाद खनाल,सिद्धबाबा माध्यमिक विधालयका शिक्षक नायक टीका खड्का र लेखा तथा प्रशासन सहायक प्रकाश भट्टराईले सहजीकरण गरेका थिए।
     गोष्ठीले आगामी बर्षका लागि वार्षिक कार्यक्रम स्वीकृत  र पालिका स्तरीय जुनियर/युवा समिति गठन गरेको छ। गोष्ठीमा नेपाल तथा अन्तरास्ट्रिय रेडक्रसको परिचय,लक्ष्य उदेश्य र आधारभुत शिद्वान्त, हालसम्म गुल्मी जिल्लामा  रेडक्रसले संचालन गरेका कार्यक्रम, कोभिड-१९ रोकथाम,प्राथमिक उपचार र मनोसामाजिक प्राथमिक उपचारको महत्वका बारेमा जानकारी  दिइएको  थियोे ।

    नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखाका  उपसभापति रेशम कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।