Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षक सुत्केरी विदामा रहँदा इस्मा गाउँपालिकाले  स्वयंसेवक शिक्षक  राख्ने

शिक्षक सुत्केरी विदामा रहँदा इस्मा गाउँपालिकाले  स्वयंसेवक शिक्षक  राख्ने

images
  • शिक्षक सुत्केरी विदामा रहँदा इस्मा गाउँपालिकाले  स्वयंसेवक शिक्षक  राख्ने
    images
    images

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले महिला शिक्षक सुत्केरी विदामा रहँदा पठनपाठन गर्न स्वयंसेवक शिक्षक राख्ने भएको छ । 

    images
    images
    images

    शिक्षकहरू विदामा रहँदा सिकाइमा असर गरेको भन्दै कार्यपालिकाको बैठकले २३ जना शिक्षक स्वयंसेवक राख्ने निर्णय गरेको हो ।

    images
    images
    images

    विद्यालयमा कुनै महिला शिक्षक सुत्केरी भएको समयमा अथवा कुनै शिक्षक कुनै कारणबस लामो बिदामा बसेकाे समयमा विद्यालयमा पठनपाठनमा समस्या नहाेस भनेर उक्त व्यवस्था गरिएको पालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताइन् । 

    images
    images
    images


    ती शिक्षक कर्मचारीलाई वडा अनुसार क्षेत्र ताेकेर पठाईने र खाली रहेको कक्षाकोठामा उनीहरूले अध्ययन गराउने उपाध्यक्ष कुँवरको भनाइ छ ।

     याे पहिलो वर्ष भएकोले याे परिक्षणकाे रुपमा पनि रहेको  उपाध्यक्ष  कुवरले बताएकी छन्। शिक्षकहरु १५ दिन भन्दा लामो समय सम्म  बिदामा बस्दा वा  परीक्षाको समयमा बिदामा बस्दा र अन्य कुनै बिदामा बस्दा विद्यालयको नियमित  पढाइ प्रभावित नहोस भनेर यस्तो निर्णय गरिएको कुँवरले बताइन

    सुतकेरि बिदा बस्ने महिला शिक्षक तथा सुत्केरी स्याहार बिदामा बस्ने पुरुष शिक्षकलाई  प्राथमिकता राखेर यो निर्णय गरेक र यो निर्णय कार्यविधि पास भएको समेत कुँवरले बताइन।

    यसबाट विद्यालयमा शिक्षक अनुपस्थित भएका कारण पठनपाठन अवरुद्ध हुने समस्याको अन्त्य हुने पालिकाले जनाएको छ ।

    कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाभित्र रहेका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बालशिक्षा गरि जम्मा ४७ वटा विद्यालयमा गाउँपालिकाले प्राथमिक तहशिक्षक १० जना, प्रारम्भिक बालविकास शिक्षक १० जना र विद्यालय सहायक ३ जना गरि २३ जना स्वयम् सेवक शिक्षक रहनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।