गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले नि:शुल्क कृत्रिम गर्भाधान ए.आइ कार्यक्रम संचालन सम्बन्धि संझौता सम्पन्न गरेका छ।
नगरपालिका र रेसुङ्गा नगरपालिका वडा नम्बर चारका स्थानीय भोजेन्द्रप्रसाद भण्डारी बिच उक्त कार्यक्रमको सम्झौता भएको हो।
गाई र भैंसी पालक कृषकको दु:ख लाई महसुस गरि यो कार्यक्रम ल्याएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए।
यस कार्यक्रमले पशु पालक कृषकलाई राहत दिने कुरामा विश्वास लिएको उनले बताए। सबै रेसुङ्गा नगर बासी पशुपालक सम्पुर्ण कृषकलाई यो नि:शुल्क सेवा लिन समेत नगरपालिकाले अनुरोध गरेको छ।
रेसुङ्गा नगरपालिकाले कृषकको लागि विभिन्न अन्य कार्यक्रम पनि सञ्चालन गरेको छ।नगरपालिका भित्र प्रायः जसो कृषक रहेको कारण नगरपालिकाले कृषिको क्षेत्रमा काम गर्दै आएको छ। अनिष पन्थी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology