सुमन महतारा, गुल्मी । गुल्मीमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८÷७९ मा रु ३ करोड ७१ लाख ६७ हजार पाँच सय राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट ६ हजार २ सय ८७ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिएका छन ।
त्यस्तै ७ हजार चार सय ९ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने १ हजार २६ दुर्त सेवाका लागि सिफारिस गरिएको छ ।
कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु ३करोड ७६ लाख ७८ हजार राजश्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरीवानाबाट उक्त राजश्व सङ्कलन गरेको हो ।
संस्था दर्ताबाट रु ३३ हजार , संस्था नविकरणबाट १ लाख ८५ हजार आठ सय ,हातहतियार नवीकरणबाट रु १ लाख ५७ हजार पाँच सय , दण्ड जरीवानाबाट ६३ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
सो अवधिमा १८ मुद्दा दर्ता भएको छ । नाै सय २१ जनालाई आदिवासी जनजाति प्रमाणित, पाँच सय ६०जनालाई दलित प्रमाणित, एक हजार एक सय ५६ लाई पेन्सन सिफारिस गरिएको छ ।
कार्यालयमा ३३ संस्था नयाँ दर्ता भएकामा एक सय २८ संस्थाको नवीकरण भएको छ ।
५६ हातहतियार नवीकरण भएका छन र यस अवधिमा एक ड्रोन दर्ता भएको कार्यालयले जनाएको छ ।
त्यस्तै यश आवामा १७ हजार सात सय ३८ जनाले रास्ट्रिय परिचयपत्र बनाएका छन । त्यस्तै यश आवामा १९ हजार नाै सय ५५ जनाले नागरिक्ता बनाएका छन १३ हजार ५ सय ९५ जनाले वंशज,२२ जनाले वैवाहिक अङ्गिकृत र ६ हजार ३ सय ३८ जनाले प्रतिलिपि लिएको सहाय प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology