कृष्ण अन्जान, गुल्मी । नेकपा एमालेले हरेक पटक सरकारमा जाँदा शुरु गरेका जनपक्षीय कामहरुले अत्तालिएर देशि विदेशी तत्वहरकाे षडयन्त्रले सरकारबाट बाहिरिनु परेकाे नेकपा एमालेका नेता कमल राज श्रेष्ठले बताएका छन् ।
नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीकाे सँयाेजन र रुरुक्षेत्र ६ रिमुवा वडा कमिटीले आयाेजना गरेकाे पार्टी प्रशिक्षण कार्यक्रममा बाेल्दै एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका श्रेष्ठले नेकपा एमालेकाे सरकारले आफ्नो सरकार हुँदा विकास निर्माण सामाजिक सुरक्षा लगाएतका यावत विषयमा जनमुखि काम गरेकाे बताउँदै गठबन्धन सरकार बनेपछि मात्र भागवण्डामा रुमल्लिनु बाहेक कुनै काम गर्न नसकेकाे आरोप लगाएका हुन् ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य हरिप्रसाद ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका कमिटीका अध्यक्ष फर्सुराम ज्ञवाली, प्रचारप्रसार तथा प्रकाशन विभाग गुल्मीका सदस्य कृष्ण ज्ञवाली लगायतले एमालेले गरेका राम्राकामकाे प्रचारप्रसार गर्न नसकेको बताउँदै मिडियासँग जाेडिएर प्रचार अभियानमा लाग्नु पर्नेमा जोड दिएका थिए ।
नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा नं. ६ रिमुवाका पार्टी अध्यक्ष कुल बहादुर रेगामीकाे अध्यक्षतामा भएकाे पार्टी प्रशिक्षण कार्यक्रममा पार्टी उपाध्यक्ष ज्ञान बहादुर काला, वडा पार्टी सदस्य अमृत बुचा, पार्टी सचिव फर्स बहादुर मिदुन लगायतले बोलेका थिए ।
कार्यक्रममा नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटी सदस्यमा मनाेनित माया दँगाललाई पद हस्तान्तरण गरिएकाे थियाे ।
नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटीले निर्वाचनलाई समेत लक्षित गरि यहि भदौ १८ गते देखि हरेक वडाहरुमा प्रशिक्षक खटाएर प्रशिक्षण कार्यक्रम सन्चालन गरेकाे छ ।हाल सम्म वडा न ३ ,४ र ६ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भईसकेका छन भने वडा न १ ,४ र ५ मा भदौ २५ गते भित्र प्रशिक्षण कार्यक्रम आयाेजना हुने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology