Logo

२०८३, आश्विन १०गते


images
images

बालेनपछि चिरिबाबु पनि ताते, अवैध संरचना हटाउन जुट्यो ललितपुर

बालेनपछि चिरिबाबु पनि ताते, अवैध संरचना हटाउन जुट्यो ललितपुर

images
  • बालेनपछि चिरिबाबु पनि ताते, अवैध संरचना हटाउन जुट्यो ललितपुर
    images
    images

    काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ ओगटेर बनाइएका संरचनाहरु भत्काउन शुरु गरेको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अवैध संरचना हटाउने अभियान शुरु गरेपछि यसको प्रभाव अन्य पालिकाहरुमा पनि देखिन थालेको छ ।

    यसैबीच, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पनि आफ्नो महानगरपालिकाभित्र फुटपाथ मिचेर बनाइएका संरचनाहरु भत्काउन शुरु गरेका छन् ।
    ललितपुर महानगरपालिकाले महानगरकै घर भत्काएर यसको शुरुवात गरेको हो ।

    ललितपुर महानगपलिकाले फुटपाथ मिचेर बनाएको र कर तिरिरहेको भए पनि यसलाई हटाएर अभियानको शुरुवात गरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

    पार्किङको लागि बनाएका बेसमेन्टलाई भने दसैंपछि हटाउने महानगरको योजना रहेको छ । मेयर महर्जनको आदेशपछि संरचना हटाउने काम शुरु भएको हाछेथुले जानकारी दिए ।
    ललितपुर महानगरपालिका वासिन्दासँग सल्लाह गरेर संचरना हटाउन शुरु गरिएको र डोजर चलाएर हटाउने प्रयास नगर्ने उनको भनाइ छ ।

    काठमाडौं महानगरले अभियानलाई तिव्रता दिएसँगै देशभरका विभिन्न स्थानीय तहहरुले अतिक्रमण गरि बनाइएका संरचना हटाउने अभियान सुरु गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ललितपुर महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।