Logo

२०८३, आश्विन १०गते


images
images

काम गर्न खोज्दा कानूनको ह्रस्व–दीर्घले फसिन्छ: मेयर चिरिबाबु महर्जन

काम गर्न खोज्दा कानूनको ह्रस्व–दीर्घले फसिन्छ: मेयर चिरिबाबु महर्जन

images
  • काम गर्न खोज्दा कानूनको ह्रस्व–दीर्घले फसिन्छ: मेयर चिरिबाबु महर्जन
    images
    images

    ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपालमा काम गर्न निकै अफ्ठ्यारो भएको बताएका छन्। कुनैपनि काम गर्दा ऐन–कानुनको ह्रस्व दीर्घ नमिले पनि अख्तियारमा बयान दिनुपर्ने अवस्था आउने भन्दै उनले नियत सफा भए पनि समस्या पर्ने व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।

    images
    images
    images

    आईतवार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले २०७८ सालको असारमा धापाखेलमा आएको बाढीपछिको राहत वितरण अनुभव सुनाएका थिए। उनका अनुसार तत्कालै २२–२३ लाख रुपैयाँ सहयोग गरेका थिए, तर सोही कारण अहिले पनि अख्तियारमा बयान दिन धाउनु परेको छ।

    images
    images
    images

    उनले भने, “यो मुलुकमा काम गर्न साह्रै अफ्ठ्यारो, साह्रै गाह्रो छ। कुनैपनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिन जानुपर्छ। मैले २०७८ को असारमा धापाखेलमा आएको बाढी निरीक्षण गरेँ, पीडितको पीडा देखेपछि म पनि दुःखी भएँ। त्यसैले तत्कालै सहयोग गरेँ, तर अहिले पनि त्यसकै कारण बयान दिनुपरेको छ। यस्तो अवस्थाले गर्दा राष्ट्रिय विपद्को बेला छिटो सहयोग गर्न पनि हिच्किचाउनु पर्ने अवस्था छ, यो विडम्बना हो।”

    images
    images
    images

    प्रमुख महर्जनले नियत सफा भएको खण्डमा छिटो निर्णय गर्ने अधिकारीमाथि नियामक निकायको छड्के नजर हुनु नहुने धारणा राखेका छन्। उनले आफूले  ढुङ्गेधारामा पानी ल्याउन नसकेको बाहेक सबै काम पूरा गरेको दाबी पनि गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ललितपुर महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।