Logo

२०८३, आश्विन १०गते


images
images

विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : ललितपुर प्रमुख महर्जन

विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : ललितपुर प्रमुख महर्जन

images
  • विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : ललितपुर प्रमुख महर्जन
    images
    images

    ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विकास निर्माणलाई 'रेगुलर बिजनेस' को रूपमा परिभाषित गर्दै यसको प्रवाह रोक्न कुनै शक्ति सक्षम नरहेको टिप्पणी गरेका छन् । २०७२ को विनाशकारी भूकम्पको स्मरणमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख महर्जनले विपद्को बेलामा नगरले देखाएको चुस्त प्रतिक्रिया र संरचनागत तयारीलाई देशमै उदाहरणीय भएको बताए ।

    images
    images
    images

    ‘विकास भनेको रुक्ने कुरा होइन,’ प्रमुख महर्जनले भने, ‘यो त भइ नै रहन्छ । कसैले रोकेर रोकिँदैन । तर जब आपत् विपद् आइपर्छ, त्यस्तो अवस्थामा नगरवासीको सेवा गर्न सक्ने क्षमताको परीक्षा हुन्छ ।’

    images
    images
    images

    उनले ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनमा एकै छानामुनि सबै संयन्त्र खडा गरेको दाबी गर्दै भने, ‘नेपालका २ सय ९३ वटा स्थानीय तह (महानगर, उपमहानगर र नगरपालिका) मध्ये विपद् व्यवस्थापनमा ललितपुर अब्बल छौं भन्ने दाबी म सधैं गर्दै आएको छु । कुनैपनि घटना भएलगत्तै हामी उद्धारका लागि चुस्तदुरुस्त रूपमा अघि सर्छौं ।’

    images
    images
    images

    कार्यक्रममा महर्जनले ललितपुर महानगरपालिकाले सेवा प्रवाहमा समेत गतिशीलता देखाएको उल्लेख गर्दै ट्राफिक जाममा नअल्झिएको अवस्थामा ४ मिनेटभित्र सेवा दिनसक्ने क्षमतामा महानगर पुगेको दाबी गरे ।

    महानगरको विकास यात्रालाई उनले निरन्तरता पाइरहेको बताउँदै भने, ‘हामीले योजना बनाएर अगाडि बढाउँछौं, व्यवस्थित र दिगो विकासको लक्ष्यसहित हामीसँग योजना छ, संयन्त्र छ र प्रतिबद्धता पनि छ ।’

    २०७२ को भूकम्पबाट सिकेको पाठलाई ललितपुर महानगरपालिकाले संस्थागत विकासको अवसरमा रूपान्तरण गरेको महर्जनको दाबी थियो । भूकम्पको पीडा अझै स्मृतिमा जीवित रहे पनि, त्यसपछि तयार गरिएका संरचना, तयारी र कार्यशैलीले ललितपुरलाई आपत् व्यवस्थापनमा अग्रपंक्तिमा पुर्‍याएको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ललितपुर महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।