काठमाडौं । बिगत डेढ वर्षबाट कोरोनाबाट धेरै व्यक्ति संक्रमित, संक्रमण मुक्त र कोरोनाबाट मृत्यु भएको कुराहरु तपाई हामी सबैलाई थाहा नै छ । कोरोना लागेका व्यक्तिलाइ यस समाज र समाजका व्यक्तिबाट माया, ममता, सद्भाव एवं हेरचाहको खाचो हुने गर्दछ ।
विडम्वना, हामी हाम्रो समाजमा कोहि कोरोना संक्रमित भएर समस्यामा परेकालाइ केहि व्यक्ति र खराब सोच भएकाहरुले घृणा र तिरस्कृत भएको समाचार पढिरहेका हुन्छौ दैनिक जसो तर, त्यति सबै कुरा थाहा पाउदा पाउदै पनि समाजका केहि व्यक्ति भने आफुलाई कोरोनाले कहिल्यै नछुने र नलाग्ने भन्ने जस्तो सोच राखेर अपहेलना गरिरहेका नै छन् ।
यता कोरोना संक्रमित भएर कोरोनालाइ जितेर फर्कने व्यक्तिले भने कसरि बच्न सकिन्छ, कोरोना लाग्दा कस्तो-कस्तो लक्षणहरु देखा पर्नेछ भनेर सबैलाई सामाजिक संजाल वा स्वयम् फोनबाट हौसला प्रदान गरिरहेका छन् ।
कोरोना संक्रमण भएपछि आउने लक्षणहरु :
१. श्वास फेर्न गार्हो हुने
२. स्वाद बिहिन (स्वाद थाहा नपाउनु)
३. बास्ना बिहिन (गन्द वा बास्ना थाहा नपाउनु)
४. सुख्खा खोकी लागिरहनु
५. हल्का पखाला लाग्नु
६. शरीरमा घमौरा जस्तो दाना (बिबिरा) देखिनु
७. सुरुको १/२ दिन हल्का सामान्य ज्वरो आउनु
८. आँखा पिरो भएर पोल्ने
९. जिउ जोर्नि कर्करि दुख्नु
१०. टाउको आकाश तिर उडेको जस्तो गरि दुख्नु
११. हिडडुल गर्न नसक्नु आदि ।
यस्ता समस्याहरु देखिएको खण्डमा कोरोना लागेको अनुमान गर्न सकिन्छ । त्यसपछि भने सकभर कसैसंग नजिक नहुने वा स्वास्थ्य मापदण्ड पालना गर्नु राम्रो हुनेछ।
कोरोना संक्रमण भएपछि गरिने उपचार विधि :-
क) घरेलु बिधि :
१) तातो पानीको बाफ (दिनको कम्तिमा ३ पटक) सके सोनाको स्टिम बाथ लिनु । चिसो पानी नपिउनु ननुहाउने गर्नु नुहाउन तातोपानी प्रयोग गर्नुस।
२) गुर्जो, तुलसिको पात, ज्वानो, अदुवा, मरिच, टिमुर आदि पकाएको पानी (दिनको कम्तिमा ३ गिलास तर गुर्जो तुलसिको पात संगै नखाने)
३) भिटामिन र क्याल्सियम युक्त फलफुल विशेष गरि सुन्तला, कागती,भूइकटहर आदि खाने ।
४) दूध साझ / बिहान १/१ गिलास, (सम्भव भए गाईको दूध)
५) माछा, मासु, अन्डा (विशेष गरि बट्टाईको अस्ट्रिज, खसि आदिको मासु)
६) बिहानको घाम ताप्ने (Vitamin D को लागि)
७) अनुलोम- बिलोम, कपालभाती जस्ता योगाभ्यास गर्ने ।
८) दुई चम्चा चेवनप्रास एक गिलास दुध वा तातोपानीसङ्ग बिहान बेलुका खाने ।
ख) Medical Medicine (Dr. Bidesh Bista, Alka hospital)
१) Mega CV - (दिनको ३ पटक)
२)Levozin- (राती खाना पछि
३) Asvit - (दिनको २ पटक खाना पछि)
४)B- ONE - (दिनको २ पटक खाना पछि)
५) Defer - (हप्तामा १ पटक खाना पछि)
६) Betadin - (दिनको ३ पटक मनतातो पानीले कुल्ला)
७)cetamol -(ज्वरो आएमा मात्रा लिनुस कुनैपनि brufen नलिनुस)
नोट :- Medical Medicine लिदा डाक्टरको परामर्श लिनु अझ राम्रो हुनेछ।
99%कोरोना ठिक हुनेछ। स्वास लिन गाह्रो भएमा अक्सिजनको प्रयोग गर्नुहोस ।
त्यसैले, अहिलेको समयमा बाहिर काम नपरी नहिड्नु होला। काम नै परेको खण्डमा भने स्वास्थ्य मापदण्ड पालना गरि, मास्क, सेनीटाईजर प्रयोग, सामाजिक दुरी कायम राख्नु होला । साबुन पानीले राम्रोसंग हात धुने काम गर्नु । अहिलेको समयमा घरमा नै बसौ सुरक्षित रहौ ।
नोट : उल्लेखित औंषधीको सेवन चिकित्सकको अनुमती विना गर्नु हुँदैन । सबैलाई सवै औंषधिको प्रयोग सहि हुन्छ भन्ने हुंदैन । दक्ष चिकित्सकले मात्र अवस्था हेरेर उपयुक्त औंषधीको प्रयोगको लागि अनुमती प्रदान गर्दछन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology