Logo

२०८३, श्रावण २७गते


images
images

'राँगाे पालेरै वार्षिक ८ लाख आम्दानी'

'राँगाे पालेरै वार्षिक ८ लाख आम्दानी'

images
  • सेतोमसी सहकर्मी
  • 'राँगाे पालेरै वार्षिक ८ लाख आम्दानी'
    images
    images

    कृष्ण अन्जान, गुल्मी । जीवन जिउन अनेकौँ सँघर्ष गरेका रुरुक्षेत्र गाउँपालिका वडा नं. १ अम्लपाटाका इन्द्र ज्ञवाली 'कान्छादाई' छाेराहरुले गरेकाे पौरखले खुसी देखिन्छन् ।
    गाउँका सबै युवाहरु विदेशतिर पलाएन भईरहँदा इन्द्र ज्ञवालीका तीन छाेरा शिव, बसन्त र रामु ज्ञवालीले गाउँ पनि छाडेका छैनन र गाउँमै इलम गरेर बसेका छन ।

    images
    images
    images

    जेठा शिव ज्ञवालीले स्थानीय रिडीबजारमा मासु पसल गर्छन भने अरु दुई भाई घरमै बसेर खेतीपाती पशुपालन कार्य गर्छन ।

    images
    images
    images

    याे परिवारले करिब बाह्र वर्षदेखि राँगो पालनलाई आफ्नो प्रमुख पेसा नै यही बनाएकाे छ ।  राँगाे पालनबाट वर्षमा सातदेखि आठलाखसम्म आम्दानी हुने गरेकाे इन्द्र ज्ञवालीका जेठा छाेरा शिव ज्ञवाली बताउँछन् ।

    images
    images
    images

    मुख्यरुपले रुरुक्षेत्र गाउँपालिकाकाे वडा नं. ३ थानपतिकाे बसन्त पाेखरी, खाेरबारी पाेखरा, गौतमटाेल, फेक्लदि, फल्लेखर्क, स्यालपाेखरीका सातै वडा न १ काे च्यूरेककाे सबै क्षेत्रका भैसिपालक किसामहरुका लागि विउ-राँगाेकाे रुपमा उनले पालेकाे राँगाेकाे अत्यधिक माग हुन्छ ।

    २०६६ सालबाट राँगाेपालन शुरु गरेकाे याे परिवारले शुरुमा एउटा भैँसी बाली जाँदा तिनसय पचास लिने गरेकाेमा बाह्र वर्ष वित्दा एउटा भैँसि बाली गए १ हजार ५ सय लिने गरेकाे बसन्त ज्ञवाली बताउँछन् ।  उनी भन्छन्, 'दिनरात झरि वर्षा नभनी किसानहरुले बाेलाएका ठाउँमा पुगेका छौँ, किसानहरुले पनि भैँसीवाली गएपछि सजिलै पैसा दिनुहुन्छ ।' 

    वास्तवमा राँगाे पालन धेरै गाह्रो छ । स्याहार सुसार खान्कीकाे सबै व्यवस्थापन गर्नु पर्ने भएकाले महँगाे त छ तर पनि याे व्यवसायमा लागियाे र परिश्रम गरियो आम्दानी पनि राम्रै हुने शिव ज्ञवालीकाे भनाई छ ।

    "सिजनमा त दिनमै पाँच छ ठाउँपनि राँगाे लिएर जानुपर्छ व्यवसाय नै यहि भएपछि नाई भन्न भएन" उनले भने ।

    "हामी तिनै भाई घरमै छौँ । म रिडीमा फ्रेस हाउस गर्छु । भाईहरुले राँगाे पालन गरेका छन । राम्ररी नै घर चलेकाे छ" शिव ज्ञवालीले भने, "विदेश तिर गएपनि दु:खै हाे, बरु आफ्नो गाउँमा दु:ख गर्न जाति । यहि साेँचेर गाउँमै बसेर व्यवसाय गरेका छौँ चलेकै छ ।"

    उनले पालेकाे राँगाे उन्नत जातकाे हाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।