Logo

२०८३, आश्विन ११गते


images
images

बुटवल लेडि जेसिजको जेसिज सप्ताह सम्पन्न

बुटवल लेडि जेसिजको जेसिज सप्ताह सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • बुटवल लेडि जेसिजको जेसिज सप्ताह सम्पन्न
    images
    images

    कृष्ण अन्जान, बुटवल । समाज रुपान्तरणका लागि इच्छाशक्ति चाहिन्छ र केही गर्न सकिन्छ भन्ने आत्मबल ।
    यो कुरालाई  बुटवल लेडि जेसिजले पछ्याएको मात्र छैन साकार पनि पारेको छ । 

    images
    images
    images

    बुटवल लेडि जेसिजले आफ्नो सप्ताहव्यापी जेसिज सप्ताह २०२२ को समापन गर्दै गर्दा वास्तवमै जेसिज मानवियताका लागि दह्रो गरि उभिएको सँस्था हो भन्ने सन्देश छाडेको छ ।
    बुटवल लेडि जेसिजको जेसिज सप्ताह २०२२ ले समाजका हरेक पक्षलाई समेटेर सचेतना छर्ने काम गरेको छ । 

    images
    images
    images

    सातै दिन सामाजिक सचेतनाले ओतप्रोत कार्यक्रमहरुको आयोजना भईरहदा जेसिजवादको महान अभियानमा नया आयाम थपिएको अनुभुति भएको पाईएको छ ।
    बुटवल लेडी जेसिजका सँस्थापक अध्यक्ष देखि २०२२ का डाईनामिक सदस्यहरु कार्यक्रममा यसरी खटेका थिएकि लाग्थ्यो जिन्दगीमा थकाई भन्ने शव्दै छैन ।
    हुनत यो कुनै आजापुजाको साप्ताहिक अनुष्ठान थिएन तर मानवीयताको सप्ताह भने अवस्य थियो। 

    images
    images
    images

    जेसीज सप्ताहको समापन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जेसीज आफ्नै प्रकारको शैक्षिक थलो भएको बताए  । युवाको नेतृत्व र ब्यक्तित्व विकासका लागि जेसीज महाविद्यालयका रुपमा स्थापित रहेको उल्लेख गर्दै उनले  विभिन्न समयमा सप्ताह व्यापि कार्यक्रम गरेर समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उनको धारणा थियो । 

    बुटवल लेडी जेसीज वर्ष २०२२-२३ का अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष अनुपमान शैजु, बुटवल जेसीजका अध्यक्ष चन्द्रमणी भुषाल, महिला जेसीजका संस्थापक अध्यक्ष रेखा कट्टेल, पुर्व अध्यक्ष राधिका पोखरेल, प्रथम पुरूष महेश श्रेष्ठ ,कन्चन जेसीजका अध्यक्ष राजन पौडेल ,कार्यक्रमका मुल संयोजक प्रभा गौतम,कानुनी सल्लाहकार कमला गौतम लगायतले जेसीज सप्ताहले समुदायमा सकारात्मक सन्देश प्रवाह भएको बताएका थिए । 

    जेसीजका महासचिव संगीता ढकालको संचालनमा भएको कार्यक्रममा जेसीज सप्ताह सफल बनाउन सहयोग र समन्वय गर्ने संस्थाका पदाधिकारी तथा सदस्य, विभिन्न संघसस्थाका प्रतिनिधी साथै सहयोगी पत्रकारहरुलाई सम्मान गरेको थियो । 

    जेसीज सप्ताह अन्तरगत वास्तु ज्ञान, लागुऔषध दुब्र्यसनी विरुद्धको कार्यक्रम, महिला अधिकार तथा आत्महत्या विरुद्धका सचेतनात्मक कार्यक्रम, वित्तिय तथा बैंक साक्षरता कार्यक्रम लगायतका कार्यक्रम गरिएको थियो ।
    बुटवल लेडि जेसिज २०२२ ले यसअघि धेरै सामाजिक उत्तरदायित्वका काम गरिसकेको छ र निरन्तर आफ्नो अभियानमा खरो उत्रिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल लेडि जेसिज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।