कृष्ण अन्जान, बुटवल । व्यक्तित्व र नेतृत्व विकाससंगै सामाजिक क्षेत्रमा कृयाशिल संस्था बुटवल लेडि जेसिजले आयोजना गर्न लागेको जेसिज सप्ताहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
बुटवलमा लेडि जेसिजले अगस्त ७ अर्थात साउन २२ गतेदेखि अगस्त १३ अर्थात् साउन २८ गतेसम्म विभिन्न चेतनामुलक कार्यक्रम गरि जेसिज सप्ताह मनाउन लागेको बुटवल लेडि जेसिज सन २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठले जानकारी दिईन् ।
कार्यक्रम अन्तरगत साउन २२ गते बुटवल ८ सुख्खानगरको होटल डोल्सेमा अपरान्ह जेसिज सप्ताहको विधिवत उद्घाटन र वास्तु ज्ञान दर्शन कार्यक्रम रहेको छ । समुद्घाटन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी अनिल बहादुर शाही ज्यूको प्रमुख आतिथ्यता रहने छ।
पहिलो कार्यक्रम वास्तुज्ञान दर्शनको सहजिकरण युवा ज्योतिष तथा वास्तुविज्ञ जनार्दन न्यौपानेले गर्ने संस्थाले जनाएको छ । उक्त कार्यक्रमको संयोजकमा बेदना पाण्डे रहेकी छिन । 
यसैगरि सप्ताह व्यापी कार्यक्रमकाे दोश्रो दिन मणिमुकुन्द कलेज याेगिकुटीमा विहान लागू अौषध दुर्व्यसन तथा आत्महत्या सम्वन्धि सचेतना कार्यक्रमकाे आयाेजना गरिने छ र याे कार्यक्रमको संयोजन साेनम पाठकले गर्नेछन ।
सप्ताह व्यापी कार्यक्रमको तेस्रो दिन स्थानिय देविनगरस्थित सामुदायिक विध्यालय नवीन औधोगिक कदर बहादुर रिता माध्यमिक विध्यालयमा विहान लागू औषध र आत्महत्या सम्बन्धि सचेतना कार्यक्रम हुने छ । संयोजकमा अन्सु ज्ञवाली रहेकी छन । यो दिने कार्यक्रममा ईलाका प्रहरी कार्यालयले सहजीकरण गर्नेछ ।
जेसिज सप्ताहको चौथो दिन बुटवल ११ को सुर्योदय आधारभुत विध्यालय सिरान गाउँ मजुवामा कविता श्रेष्ठको सँयोजकत्वमा महिला स्वास्थ सचेतना कार्यक्रम राखिएको छ सहजीकरण लुम्बिनी प्रादेसीक अस्पतालका स्त्री रोग बिशेसज्ञ डा. प्रिती खरेलले गर्नेछिन् । भने पाँचौं दिन सिद्धार्थ कटेज मिलन चोकमा प्रौढ, आमा समूह तथा उध्यमी महिलाहरुका लागि बैँकिङ्ग तथा वित्तीय अभिमुखिकरण तालिम राखिएको छ जसको सहजीकरण साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ले गर्नेछ। जस्को सँयोजक रुपा श्रेष्ठ रहेकी छन ।
यसैगरि छैठौँदिन सिद्धबाबा पार्टी प्यालेस चिडियाखोलामा संस्थाका सदस्य तथा महिलाका लागि लैँगिक समानता र महिला अधिकार बारे सचेतना कार्यक्रम राखिएको छ र कार्यक्रमको सँयोजकमा अपुर्वा खनाल रहेको बुटवल लेडि जेसिज सन २०२२ को जेसीज सप्ताहका मूल संयोजक जेसी प्रभा गौतमले बताईन ।
सप्ताह व्यापी कार्यक्रम अगस्त १३ अर्थात साउन २८ गते पुरस्कार वितरण समारोहको आयोजना गरि बुटवल चिडीयाखोलाको सिद्धबाबा पार्टी प्यालेसमा विधिवत समापन गर्ने कार्यक्रम तय भएको बुटवल लेडि जेसिज सन २०२२ का महासचिव जेसी संगीता ढकालले जानकारी दिईन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology