Logo

२०८३, कार्तिक २७गते


images
images

बुटवल लेडि जेसिजद्वारा असहाय बालबालिकाहरूलाई सहयोग

बुटवल लेडि जेसिजद्वारा असहाय बालबालिकाहरूलाई सहयोग

images
  • बुटवल लेडि जेसिजद्वारा असहाय बालबालिकाहरूलाई सहयोग
    images

    कृष्ण अन्जान, बुटवल । हरेक चाड पर्वहरुमा बुटवल लेडि जेसिजका दिदीबहिनीहरु रचनात्मक काममा जुटिहाल्छन ।
    याे श्रृखला बुटवल लेडि जेसिजकाे स्थापना भएदेखि नै जारी छ ।

    images
    images
    images

    यहि समाजसेवाकै निरन्तरतामा गुरु पुर्णिमा र भानु जयन्तीकाे अवसर पारेर बुटवल लेडि जेसिजले श्री कृष्ण प्रणामी सेवा समितिले संरक्षण गरेका असहाय बालबच्चाहरुका माझमा सहयाेगका हात बढाएकाे छ । लेडि जेसिजले त्यहाँ रहेका बालकहरुलाई शैक्षिक सामाग्री,  कपडा तथा खाद्यान्नकाे समेत व्यवस्था गर्दै मानवियताका क्षेत्रमा नयाँ आयाम थपेकाे छ ।

    images
    images
    images

    गुरुप्रतिको आस्था, संस्कृतीको सम्मानलाईसंगै  बुटवल लेडि जेसिज २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठकाे जन्मदिनलाई पनि सँगै जाेडेर उक्त कार्य गरिएको जेसीजले जनाएको छ ।
     
    कार्यक्रममा आफ्ना धारणा राख्दै देवराज महाराजले नेपालमा पश्चिमी सँस्कृति हावि भएकाेमा चिन्ता व्यक्त गरे ।

    images
    images

    ‘हामीलाई धर्मले  अनुशासन मा राख्छ र अध्यात्मले व्यक्तिलाई नया नैतिक बाटो देखाउने उनको तर्क थियो ।

    कार्यक्रममा संस्थाकी अध्यक्ष अनुपमा श्रेष्ठ एक हातले दिएको अर्को हातले थाहा पाउनु हुदैन भन्ने मान्यता भएपनि वर्तमान परिप्रेक्ष्यमा सकारात्मक प्रेरणाका लागी र सन्देशका लागी पनि सबैलाई थाहा हुनुपर्ने र यस्ता कार्यक्रममा सबैको उत्साहपूर्ण सहभागीता समेत गराउनुपर्ने कुरा व्यक्त गरेकी छिन्।

    बुटवल लेडि जेसिजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएकोकार्यक्रममा  मन्दिर व्यवस्थापन समिती अध्यक्ष धनराज पोख्रेल, मातृशाखा बुटवल जेसीज अध्यक्ष जेसी चन्द्रमणि भुषाल, नेवा पुच कि अध्यक्ष धनु श्रेष्ठ,  पुर्व अध्यक्ष ज्ञानधरा पौडेलले आफ्नो विचार  राखेका थिए ।
     
    युवा परिषद उपाध्यक्ष शोभा श्रेष्ठ, पूर्व अध्यक्ष सल्लाहकार सिनेटर राधिका पोखरेल, पूर्व अध्यक्ष सिनेटर मन्जु भूषाल, जेसी ज्ञानधरा पन्त, आजिवन सदस्य कल्पना श्रेष्ठ, मीना केसी, गीता ज्ञवाली, बुटवल जेसिजका वर्ष २०२२ का अध्यक्ष चन्द्रमणि भुषाल, तिलोत्तमा नेवाःमयजू खलका अध्यक्ष मिनु श्रेष्ठ, भिमसेन नेवा मयजू खल अध्यक्ष धनु श्रेष्ठ,रुरु मिलनकेन्द्र नेपाल अध्यक्ष जमुना सुवेदीको उपस्थिती रहेको थियो ।

    कार्यक्रमको संयोजन संस्थाकी सदस्य संगिता मरासिनी, सञ्चालन महासचिव संगिता ढकाल तथा आस्थापाठ कार्यकारिणी उपाध्यक्ष जेसी बेदना पाण्डेले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल लेडि जेसिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।