Logo

२०८३, आश्विन ११गते


images
images

बुटवल लेडि जेसिजकाे जेसिज सप्ताह: महिला स्वास्थ्य सचेतना कार्यक्रम 

बुटवल लेडि जेसिजकाे जेसिज सप्ताह: महिला स्वास्थ्य सचेतना कार्यक्रम 

images
  • सेतोमसी सहकर्मी
  • बुटवल लेडि जेसिजकाे जेसिज सप्ताह: महिला स्वास्थ्य सचेतना कार्यक्रम 
    images
    images

    कृष्ण अन्जान, बुटवल । बुटवल लेडी जेसीज - २०२२ को जेसीज सप्ताहको चौथो दिनको कार्यक्रम “महिला स्वास्थ्य सचेतना कार्यक्रम” सम्पन्न भएको छ । सूर्योदय आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा लुम्बिनी सिटी हस्पिटलका बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सरस्वती श्रेष्ठको सहजिकरणमा सम्पन्न भएको थियो ।

    images
    images
    images

    घरमा चुलो चौका, घरपरिवार सम्हाल्दा सम्हाल्दै आफ्नो स्वास्थ्य प्रति चासो दिन नसक्ने अधिकांश महिला छन् । त्यसमा पनि धेरै महिला आफ्नो रोग लुकाएर खुम्चिएर बसेका हुन्छन् । त्यस्ता महिलालाई लक्षित गरि बुटवल लेडी जेसीजले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम आयोजना गर्न सिरान गाऊँ मजुवाका श्रमिक महिला आमा समूहले विशेष भूमिका खेलेको शाखा अध्यक्ष अनुपमा श्रेष्ठले बताईन ।

    images
    images
    images

    संस्थाका अध्यक्ष अनुपमा श्रेष्ठको सभापतित्व तथा बुटवल उपमहानगरपालिकाका उप–प्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा विशिष्ट अतिथीको रुपमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का जनप्रतिनिधि युवराज राना, संस्थाका संस्थापक अध्यक्ष रेखा कट्टेल, पूर्व अध्यक्ष सिनेटर मन्जु भूषाल, लुम्बिनी च्याउ खेती किसान संघका प्रदेश अध्यक्ष ऋषव पोखरेल, सिरान गाउ विकास टोल समिती अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, श्रमिक महिला आमा समूहका अध्यक्ष सीता कक्षपती लगायतको उपस्थिती रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले महिलाले आफ्नो स्वास्थ्य प्रति नलजाईकन  र नलुकाईकन समस्या  बताउन र रोग प्रति सजगता अपनाउन, बेला बेलामा स्वास्थ्य परिक्षण गर्नका लागी आग्रह गरेकि थिईन् ।

    कविता श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सपना गैरेको आस्था वाचन, कविता श्रेष्ठको स्वागत मन्तव्य, महिला समूहका अध्यक्ष सीता कक्षपतिको तालिम अनुभव सहितको मन्तव्य रहेको थियो ।  

    कार्यक्रम जेसीज सप्ताहका मूल संयोजक जेसी प्रभा गौतमको सन्चालनमा भएको थियो । 
    सोही समारोहमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल लेडि जेसिज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।