देवदह । देवदह नगरपालिका वडा नं. ९ कालिकाटोलको दस्तुर निर्धारण भएको छ। यहाँ अव्यवस्थित परिवारको करिब १६ बिघा जग्गाको दस्तुर निर्धारण भएको छ।
रुपन्देही जिल्ला देवदह नगरपालिका वडा न. ९ ब्लक न. १ कालिका टोलममा देवदह नगरपालिकाबाट प्रमाणीकरण भएको जग्गाहरु मध्ये ७८ अव्यवस्थित परिवारको करिब १६ बिघा जग्गाको राजस्व(दस्तुर) निर्धारण गरि सबैको जानकारीका लागि बिहीवार सुचना प्रकाशन गरिएको छ ।
उक्त विषयमा कुनै त्रुटि/दाबी बिरोध भएमा सम्बन्धित अव्यवस्थित बसोबासीले देखि १५ दिनभित्र सम्बन्धित स्थानीय तह मार्फत आयोग/ जिल्ला समिती समक्ष निबेदन पेश गर्नु हुन अनुरोध गरिएको छ ।
सूचना प्रकाशित भएको मितिले १६औं दिनपछि सो स्थानका अव्यवस्थित बसोबासीले तोकीएको दस्तुर बुझाई जग्गा दर्ता गरि पुर्जा लिन सक्ने भुमि आयोग रुपन्देहीले जनाएको छ ।
अब्यबस्थितको हकमा तीन किस्ता गरेर समेत पैसा बुझाउन सकिने छ । आर्थिक रुपमा विपन्नको हकमा स्थानिय निकायको सिफारिसमा निशुल्क पुर्जा बितरण गरिने समेत आयोगले जनाएको छ ।
दस्तुरको विवरण निम्न अनुसार रहेको छ:





Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology