Logo

२०८३, श्रावण २७गते


images
images

रेसुङ्गा नगरपालिकाले आँखाको शल्यक्रिया निशुल्क गरिदिने 

रेसुङ्गा नगरपालिकाले आँखाको शल्यक्रिया निशुल्क गरिदिने 

images
  • रेसुङ्गा नगरपालिकाले आँखाको शल्यक्रिया निशुल्क गरिदिने 
    images
    images

    गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका जनताको आखाको शल्यक्रिया अब निशुल्क हुने भएको छ । 

    images
    images
    images

    नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलाे निर्णय  नगरका जनताको आखाको निशुल्क शल्यक्रिया हुने थियो। साेहि अनुसार बिहिवार  रेसुङ्गा नगरपालिका गुल्मी र नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मी बिच सम्झौता भएको छ । 

    images
    images
    images


    अब रेसुङ्गाका जनताले निशुल्क उपचार पाउने बाटो खुलेको नगर प्रमुख खिलध्वज पन्थीले बताएका छन । पन्थीले आँखा जस्तो संवेदनशील अंगको उपचारलाई निशुल्क बनाउँदा नगरका जनता धेरै लाभान्वित हुने बताएका छन् । 

    images
    images
    images


    उनलेे दृष्टि सम्बन्धि समस्या समाधानमा रेसुङ्गा नगरपालिकाले आफ्नो जिम्मेवारी पुरा गर्ने उद्देश्यमा एउटा इटा थप्ने काम गरेकाे उनको भनाइ छ ।

    रेसुङ्गा नगरपालिकाले प्रदान गरेको नि: शुल्क आँखा उपचार सेवाले आँखा/ नेत्रज्योतिको क्षेत्रमा ठुलो सहयोग पुग्ने अपेक्षा राखेकाे उनलेे बताए ।

    साेहि कार्यक्रममा नगर प्रमुख पन्थीले नेपाल नेत्रज्योति संघलाई आखाको प्रेसर नाप्ने यन्त्र हस्तान्तरण गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।