Logo

२०८३, श्रावण २७गते


images
images

नेपालमा जातीय विभेद र अन्तरजातीय विवाह

नेपालमा जातीय विभेद र अन्तरजातीय विवाह

images
  • सेतोमसी सहकर्मी
  • नेपालमा जातीय विभेद र अन्तरजातीय विवाह
    images
    images

    चेतनशिल प्राणी भनिएको मान्छेले मान्छे-मान्छे किन विभेद गर्छ होला ? जात वा छालाको रंगको आधार गरिने विभेद एसियामा मात्रै होइन । ठाउँ अनुसार विश्वका विकसित भनिएका देशहरूमा समेत उत्तिकै छ । समग्रमा भन्दा मानवीय विभेद हिजो, आज र यही अवस्था रह्यो भने सायद भोलिको विश्वको पनि गम्भीर समस्या हो र हुने देखिन्छ ।

    images
    images
    images

    यो सानो लेखमा नेपालमा जातीय विभेद र अन्तरजातीय विवाहको प्रशंङ्गमा केही कुरा उल्लेख गर्नेछु ।

    images
    images
    images

    वि. सं. २०२० सालकाे मुलुकि ऎनले जातिय विभेद उन्मुलन गरेता पनि यो कागजीरूपमा मात्र लागू भयो । जुन व्यवहारमा आजसम्म पनि पूर्ण रुपमा लागू हुन सकेको छैन ।

    images
    images
    images

    अहिले २१ औं  शताब्दीमा आइपुग्दा पनि जातिय विभेदले समाजमा जरा गाडेर बसेकाे छ । जात दुई वटा मात्र हुने गर्दछन एक महिला र पुरूष तर विडम्बना समाज तथा समग्र देशमा अझै पनि पुरातन साेंच र रितिरिवाजलाई अगाल्दै आएर तल्लो जात र माथिल्लो जात भनेर गरिने विभेद जारी छ ।    

    हिजो जस्तै लाग्छ रूकुम साेति घटना अन्तरजातीय प्रेम गरेकै कारणले ६ जनाकाे ज्यान गयो । देशकै एक सदन तात्यो र घटना यतिकै सेलायो । उक्त घटना लगतै सुर्खेतमा पनि सम्झना परियार /विक बिच प्रेम बिबाह हुँदा युवतीले बीस सेवन गरेर प्राण त्याग्न बाध्य भइन। त्यो लगत्तै बाग्लुङमा मिरा परियार र क्षेत्री बिच प्रेम सम्बन्ध हुदा पारिवारिक सल्लाह नमिल्दा ज्यान गयो ।  
         
    "पवित्र प्रेम भन्दा ठुलो जात हुदैन "! ग्रन्थले मानिस बनाएको हाेइन, मानिसले ग्रन्थ बनाइएको हाे ।  परिवर्तन हुनुपर्छ पनि भन्छन । तर परिवर्तनकाे सुरुबात गर्दा पनि नानाथरी आलाेचना र दु:ख, अन्तरजातीय बिहे गरेका अनेक जाेडिहरूलाई माया गरेको मान्छे त पाउँछन् तर परिवारबाट टाढिनु पर्ने परिवार समाजसगकाे नाता ताेडनु पर्ने हाम्रो बर्तमान अवस्थाले मानव सभ्यताको  धज्जि उडाएको छ । 

    तर सबै मानिस विभेदकारी छैनन् । आंशिक रुपमै भएपनि समाज परिवर्तनको दिशामा छ । अहिले काे समयमा हेर्ने हाे भने अन्तरजातीय प्रेम बिबाह दिनानुदिन बढ्दै गएको सुन्न र देख्न सकिन्छ । केही दिन अघिमात्र 'अन्तरजातीय' विवाह गरेका एक युगल जोडि सामाजिक संजालमा चर्चामा रहे र अझै पनि उनीहरूको चर्चा सेलाएको छैन । 

    कुरिती र कुशासनको भुमरीमा रुमल्लिएको समाजलाई परिवर्तनको सपना तत्कालीन माओवादीले संचालन गरेको १० बर्षे जनयुद्धले अवश्य पनि देखाएको हो । मुर्दा शान्ति होइन, साँचो अर्थमा अन्याय र अत्याचारमा पिल्सिएकाहरू।बोल्न पाउँने र उनीहरूको आवाजको सुनुवाइ हुनुपर्ने जुन कुरा माओवादी जनयुद्धले अघि सारेको थियो, सोहि आधारमा समाज अगाडि बढे जातीय विभेद अन्त्य हुन्थ्यो कि ?

    - प्रियंका पन्थी, रेसुङ्गा नगरपालिका, गुल्मी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।