गुल्मी । तलब समायोजनमा विभेदपूर्ण व्यवहार गरेको भन्दै गुल्मीमा निजामती कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।
सरकारले साउन १ देखि लागू हुने गरी सबै कर्मचारीको एकमुष्ट १५ प्रतिशत तलब वृद्धि गरेको छ ।
संघिय निजामती सेवा ऐन तुरुन्त जारी गर, राजपत्र अनंकित कर्मचारी माथिको विभेदपूर्ण तलब समायोजन खारेर गर जस्ता लेखेका प्ले कार्ड बोकेर प्रशासन अगाडी कर्मचारीहरु धर्ना बसेका हुन् ।
देश संघिय संरचनामा गए पनि अझै सम्म सरकारले निजामति सेवा ऐन ल्याउन नसकेको कारण ऐन ल्याउन माग गर्दै धर्ना गरिएको नेपाल निजामति कर्मचारी युनियन जिल्ला अध्यक्ष मेघलाल पाण्डेले बताए ।
राजपत्र अनंकित कर्मचारी माथिको विभेदपूर्ण तलब समायोजन खारेजीको माग राखि धर्ना बसिएको नेपाल निजामति कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिम खनालले जानकारी दिए ।
विगत लामो समय देखी संघिय निजामति सेवा ऐन सरकारले जारी नहुँदा देशभरका कर्मचारी प्रशासन अस्तव्यस्त भएको कर्मचारी बताउँछन।
राजपत्र अनंकित कर्मचारीको तलब सुविधा तथा वृद्धी विकासका सम्बन्धमा गरिका विभेदपूर्ण र असमान व्यवस्थाप्रतिको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडी यस्तो धर्ना कार्यक्रम गरिएको धर्नामा उत्रिएका कर्मचारीहरुले बताए।
जिल्ला प्रशासन कार्यालय अगाडी झन्डै एक सय भन्दा बढी सरकारी कर्मचारीले धर्ना गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology