गुल्मी । गत स्थानीय तहको निर्वाचन समपन्न भएसङ्गै मालिका गाउँपालिका गुल्मीले आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न लागेकाे छ ।
गुल्मीको मालिका गाउँपालिकाले आफ्नो चुनावी प्रतिबद्धता अनुसार टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। पालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेपछी स्थानीय हर्षित छन ।
आफुले भत्ता लिन लागेको लामो समय भएको र अहिले टाेलमै लिएर भत्ता दिएकोमा आफू अत्यन्तै खुसि भएको जेष्ठ नागरिक हिमलाल विकले बताए ।
सामाजिक सुरक्षा भत्ता आफ्नै टोलबाट पाउँदा विक मात्र होइन्( ख)बर्गकि अपांग गाेमा बुढामगर पनि हर्षित देखिन्छन।
सामाजिक सुरक्षा भत्ता मालिकाका जेष्ठ नागरिक ,अपांग ,एकल महिला र बालबालिकाका लागि वितरण गरिन्छ ।
सामाजिक सुरक्षा भत्ता टोल–टोलमै पुगी उपलब्ध गराउने मालिका गाउँपालिकाले नीति लिएको थियो । सोही अनुसार गाउँपालिकाले यतिबेला ३ नम्बर वडा हङ्दि बाट कार्यक्रम सुरु गरेको मालिका गाउँपालिका राष्ट्रिय परिचयपत्र पञ्जीकरण मालिका गाउँपालिका सेवा इकाई एम.आइ.एस. फिल्ड सहायक चन्द्र बहादु श्रीसले बताए ।
उनले बैंकमा सेवा लिन सहज हुने टाेलमा लिने र टाेलमा पनि सेवा लिन नसक्ने कति छन त्यसको तथ्यांक पनि निकाल्ने काम चलेको उनले बताएका छन ।
गाउँपालिकाको यो कार्य प्रति धेरैले प्रसंशा गरेका छन् । ग्रामीण क्षेत्रबाट लामो समय खर्चेर भत्ता लिनकै लागि सदरमुकाम र बैंक भएको स्थान अर्खाबाङ आउनुपर्ने बाध्यता हटेको छ ।
गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले जनताको भावना अनुसार टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए । 
“हामीले निर्वाचनमा संकल्प गरेका थियौं । ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि लामो समय र पैसा खर्चिनुपर्ने छैन् ।” उपाध्यक्ष अर्यालले भने “नागरिकलाई राहत होला भनेर सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।
गाउँपालिकामा भएको एकमात्र बैंकमा सबै नागरिकको सहज पहुँच छैन । बैंकमा लाइनमा बस्नुपर्ने बाध्यता छ ।” वृद्ध बुवाआमाको समस्या टुलुटुलु बसेर हेर्न नसक्ने उपाध्यक्ष अर्यालले बताए।
नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि सार्वजनिक सेवालाई नागरिकको घरदैलोसम्म पु¥याउन थालिएको उपाध्यक्ष अर्यालको दाबी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology