गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले यस बर्षको एसईई परिक्षमा ३.२ जिपीए भन्दा माथी अंक ल्याई उतिर्ण भई प्लस–टु पढ्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
उक्त बिशेष कार्यक्रमको रेसुङ्गा नगरपालिकाका मयेर खिलध्वज पन्थीले शुक्रबार एक समारोहका बीच घोषणा गरेका हुन् ।
उनले रेसुङ्गा नगरपालिका भित्र घर भएका र पालिका भित्रैका विद्यालयहरुमा कक्षा ११ र १२ सम्म अध्यान गर्ने विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले रकम उपलब्ध गराउने गरि कार्यक्रम ल्याईएको बताए ।
पन्थीले शिक्षा र स्वास्थ्य विकासको मुख्य आधार भएको बताउँदै बिशेषतः बसाई सराई रोक्नका लागि यो बिशेष कार्यक्रम अगाडी सारिएको सुनाए ।
‘गरिव विपन्न वर्गकका छोरा छोरीहरु आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुँदै आएका छन्, –उनले भने वडाध्यक्षज्युहरु तपाई हामी पनि त्यही वर्गबाट आएका हौं, बजेट कहाँ बाट ल्याउने ? भन्ने चिन्तै नगर्नुहोस्, जहाँबाट पनि ल्याएरै छाडिन्छ र कार्यविधी अनुसारका विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले छात्रावृत्ति उपलब्ध गराउने यो कार्यक्रम सफल पारेरै छाडिन्छ । ’
त्यस नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत भक्तीराम मरासीनीले मेयर पन्थीले घोषणा गरेको यस कार्यक्रमले बिशेष गरि पढाईका कारण गाउँ छाडेर शहरका बिद्यालय जान बाध्य बिद्यार्थीहरुलाई रोक्न मद्धत पुग्ने धारणा राखे ।
त्यस पालिकाका शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद ज्ञवालीले यस बर्षको एसईई परिक्षामा ३.६ भन्दा माथी ३६ जना र ३.२ भन्दा माथी १०६ जना गरि १४२ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी मासिक ४ हजारका दरले स्कलरशिप स्वरुप सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको र छिटै कार्यविधी समेत बनाएर कार्यक्रम लागु गर्न लागिएको बताए ।
घोषणा सभालाई सम्बोधन गर्दै मेयर पन्थीले यस अघि नगरपालिकाले अगाढी सारेको निशुल्क आँखा उपचार गरिने कार्यक्रमले निकै ठुलो सन्देश दिएको , अँस्ती मात्र ८ जना दृष्टि विहिनहरुको सल्यक्रिया गर्र्दा उनिहरुले आशिष दिएको र अव छिट्टै गुल्मी अस्पतालमा डाईलसिस गर्ने मेशिन उपलब्ध गराई मुटु लगातका दिर्घ रोगीहरलाई निशुल्क डायलिसस सेवा उपलब्ध गराउँदा गरिव विपन्न वर्गले ठुलो राहतको महशुस गर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology