Logo

२०८३, श्रावण २७गते


images
images

देशभरमै सर्वोत्कृष्ठ गुल्मीको जिल्ला प्रशासन कार्यालय

देशभरमै सर्वोत्कृष्ठ गुल्मीको जिल्ला प्रशासन कार्यालय

images
  • देशभरमै सर्वोत्कृष्ठ गुल्मीको जिल्ला प्रशासन कार्यालय
    images
    images

    गुल्मी । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८/७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुसार जिल्ला प्रशासन कार्यालय गुल्मी देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये सर्वोत्कृष्ठ भएको छ ।

    images
    images
    images

    ६८ वटा परिसूचकहरूमा ९७.७५ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको हो ।

    images
    images
    images

    समितिका संयोजक तथा मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा. भीष्मकुमार भूसाल र प्रशासन महाशाखाका प्रमुख टेक बहादुर के.सि.ले गृहसचिव समक्ष पेश गरेको मूल्याङ्कन प्रतिवेदनअनुशार गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, रूकुम पश्चिम, डडेलधुरा र हुम्ला उत्कृष्ट अंक प्राप्त गर्ने पाँचौ स्थानका जिल्लाभित्र पर्न सफल भएका छन् । जसले क्रमश गुल्मी(९७.७५)प्रतिशत, अर्घाखाँची(९७)प्रतिशत, नवलपरासी पूर्व(९६.७५)प्रतिशत, रूकुम पश्चिम(९६)प्रतिशत, डडेलधुरा र हुम्ला(९५)प्रतिशत अंक ल्याएका हुन् ।

    images
    images
    images

    कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत गरी ६८ वटा परिसूचकहरूमा गरी ९७ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट हुँदा अर्घाखाँची, नवलपरासी(वर्दाघाट सुस्तापुर्व),रूकुम(पश्चिम),डडेलधुरा, हुम्ला, चितवन, तनहुँ, सल्यान, बैतडी, नवलपरासी(पश्चिम), पर्वत, जाजरकोट, मुस्ताङ, भक्तपुर, दाङ, संखुवासभा, तेह्रथुम, बारा, स्याङ्जा, दार्चुला, ओखलढुंगा, कास्की, दैलेख, पर्सा, बाँके, मनाङ, लमजुङ, ललितपुर, उदयपुर, मकवानपुर, मोरङ, रसुवा, सोलुखुम्बु, अछाम, बर्दिया, भोजपुर, इलाम, प्यूठान, रामेछाप, झापा, पाल्पा, सुनसरी, सुर्खेत, कपिलवस्तु र मुगुले ९० प्रतिशत भन्दा बढी अङ्क ल्याई उत्कृष्ट स्थान हासिल गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।