Logo

२०८३, मंसिर १३गते


images
images

स्पेन नजिकै आप्रवासी सवार डुंगामा १५ जनाको शव फेला

स्पेन नजिकै आप्रवासी सवार डुंगामा १५ जनाको शव फेला

images
  • स्पेन नजिकै आप्रवासी सवार डुंगामा १५ जनाको शव फेला
    images

    काठमाडौं । स्पेनको क्यानरी टापुनजिकै आप्रवासी सवार डुंगामा १५ जनाको शव फेला परेको छ । डुंगाको इन्जिन बिग्रिएपछि करिब १०० जना तीन दिनसम्म समुद्रमा अलपत्र परेका थिए ।

    images
    images
    images

    समुद्रमा खानेपानी र खाद्यान्न सकिएपछि केहीले नुनिलो समुद्री पानी पिउँदा शरीरमा पानीको कमी भएर मृत्यु भएको आशंका गरिएको छ । यद्यपि, मृत्युको वास्तविक कारण पुष्टि भइसकेको छैन ।

    images
    images

    स्पेनको समुद्री उद्धार टोलीले एल हिएरो टापुबाट करिब ७२ किलोमिटर दक्षिणमा उक्त डुंगा फेला पारेको थियो । घटनामा गम्भीर अवस्थामा रहेका ६ जनालाई हेलिकप्टरबाट अस्पताल लगिएको छ भने अन्यलाई उद्धार गरिएको छ । उनीहरू पश्चिम अफ्रिकी देश गाम्बियाबाट युरोप जाने प्रयासमा थिए ।

    images

    यसैबीच, सेनेगलबाट स्पेनतर्फ १७२ जना सवार अर्को डुंगा पनि दुई साताभन्दा बढी समयदेखि बेपत्ता रहेको छ । रोजगारी र राम्रो जीवनको खोजीमा अफ्रिकी नागरिकले जोखिमपूर्ण समुद्री मार्गबाट युरोप पुग्ने प्रयास गरिरहेका छन् ।

    क्यानरी टापुमा आप्रवासीको आगमन बढ्दै गएपछि आवास, खाना र उपचारको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । स्पेनमा आप्रवासनको विषय आगामी निर्वाचनको प्रमुख राजनीतिक मुद्दासमेत बनेको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डुंगाको इन्जिन
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।