Logo

२०८३, मंसिर ९गते


images
images

समाचार

हुलाकका नासुविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

हुलाकका नासुविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

images
  • हुलाकका नासुविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले रिजाललाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

    images
    images

    अनुसन्धानका क्रममा रिजालले सेवाग्राहीको सामान विदेश पठाउने क्रममा विभिन्न बहाना बनाई मोलमोलाइ गर्दै २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

    images

    अख्तियारले रिजालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) विपरीत रहेको ठहर गर्दै २० हजार रुपैयाँ बिगो कायम गरेको छ ।

    आयोगले बिगो बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको मागदाबीसहित बुधबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हुलाक
  • # मुद्दा दायर
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।