Logo

२०८३, मंसिर ८गते


images
images

समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएका सव–इन्जिनियरविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएका सव–इन्जिनियरविरुद्ध मुद्दा दायर

images
  • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएका सव–इन्जिनियरविरुद्ध मुद्दा दायर
    images

    काठमाडौं । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा करार सेवामा कार्यरत सव–इन्जिनियर भोजबाबु सोमै मगरविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    प्यूठानको ढुंगेगढी गाविस-४ घर भई हाल सरुमारानी गाउँपालिका-४ बस्ने मगरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष प्राविधिक शिक्षकका रूपमा करार सेवामा काम गरेको उजुरी परेको थियो। त्यसपछि उनले खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सव-इन्जिनियर पदमा समेत नियुक्ति लिएको आरोप छ ।

    images
    images

    आयोगको अनुसन्धानअनुसार मगरले रुम्जाटार माध्यमिक विद्यालयमा सहायक प्रशिक्षक र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सव-इन्जिनियर पदमा नियुक्तिका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने सिभिल इन्जिनियरिङमा डिप्लोमा तहको झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरेका थिए ।

    images

    नक्कली प्रमाणपत्रकै आधारमा सार्वजनिक पद, ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकाले उनको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर भएको आयोगको ठहर छ ।

    आयोगले उनीविरुद्ध सोही कानुनी व्यवस्थाबमोजिम कैद र जरिवाना सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।