Logo

२०८३, मंसिर १२गते


images
images

अपराध

वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

images
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ
    images

    काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २६ वर्षीया माल्भिका रावल र ललितपुर महानगरपालिका-२४ बस्ने ४२ वर्षीय सन्तोष खड्का रहेका छन् ।

    images
    images

    प्रहरीका अनुसार माल्भिकाले अस्ट्रेलिया पठाइदिने भन्दै एक पीडितबाट ८ लाख ५० हजार रुपैयाँ र सन्तोषले लिथुआनिया पठाइदिने भन्दै अर्का एक पीडितबाट एक लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

    images

    पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।