Logo

२०८३, मंसिर १२गते


images
images

कांग्रेसको नाम, झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन: डा. प्रकाशशरण महत

कांग्रेसको नाम, झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन: डा. प्रकाशशरण महत

images
  • कांग्रेसको नाम, झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन: डा. प्रकाशशरण महत
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १५औँ महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने बताएका छन् ।

    images
    images
    images

    शनिबार महाधिवेशन प्रचार–प्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टर उद्घाटन गर्दै महतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरे ।

    images
    images

    उनले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको बताउँदै पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई मूलधारमा फर्किन आग्रह गरे ।

    images

    महतले १५औँ महाधिवेशनमा सकेसम्म सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफ्नो चाहना रहेको पनि बताए ।

    देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. प्रकाशशरण महत
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।